Homeसमाचारबिर्तामोडमा बजार अनुगमन: मापदण्ड अनुसार पसल व्यवस्थित गर्न निर्देशन

बिर्तामोडमा बजार अनुगमन: मापदण्ड अनुसार पसल व्यवस्थित गर्न निर्देशन

बिर्तामोड २८ भदौ । दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसंगै बिर्तामोड बजार अनुगमनलाई तिब्र पारिएको छ । बजारमा म्याद गुज्रिएका, खान अयोग्य सामानहरू र अश्वस्थ माछा मासु विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिंदै मंगलबार बजार अनुगमन गरिएको हो ।
बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,ईलाका प्रहरी कार्यालय अनारमनि लगायत विभिन्न सरोकारवाला संघ संस्थाहरुले संयुक्तरुपमा बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बिर्ताबजारस्थित ॐ मिष्ठान्न भन्डारमा म्याद गुज्रिएको ११ बट्टा रसगुल्ला फेला परेको थियो । अनुगमन टोलीले वडा नम्बर ३ बिर्ताबजारमै रहेको सुरमनि राजवंशीको मासु पसल र वडा नम्बर ५ को कृषिथोक बजारमा रहेको सिता माछा पसलबाट विषादी टेष्टको लागि माछाको नमूना संकलन गरेको छ । अनुगमनका क्रममा अधिकांस मासु पसल फोहोर रहेको, खुल्ला र झिंगा भन्किरहेको अवस्थामा बिक्री वितरण गरिरहेको, भारतबाट आयात गरिएका मरेका माछा बिक्री गरिरहेको फेला परेको थियो । उनीहरुलाई मापदण्ड अनुसार पसललाई व्यवस्थित गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
यस्तै बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले चाडपर्वको अवसरसंगै अन्य समयमा पनि मासिक, त्रैमासिकरुपमा बजारमा छड्के अनुगमन गरिने बताउनु भयो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत प्रेमप्रसाद सापकोटा, नापतौल तथा गुणस्तर कार्यालयका प्रमुख मुकुन्द चौहान, आन्तरिक राजश्व कार्यालयका नायव सुव्वा विशाल काफ्ले, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पंकज दाहाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य याम विमली , विश्व उपभोक्ता महासंघ झापाकी अध्यक्ष सरस्वती चम्लागाई, राष्ट्रिय उपभोक्ता मन्चका मदनगोपाल सुब्बा लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा बजार अनुगमन: मापदण्ड अनुसार पसल व्यवस्थित गर्न निर्देशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img