झापा / २६ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शनिबारदेखि अस्पताल भर्ना भएका छन् । पिसाब नलीमा भएको पथ्थरीको पीडा अत्यधिक बढेपछि उनी अस्पताल भर्ना भएका हुन् । महामन्त्री शर्माको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। उनको अहिले ११ बजे अप्रेशन हुँदैछ । केही समय अघि शर्माको देब्रे मिर्गौलामा१० एम एमको पथ्थरी देखिएको थियो । गृहजिल्लामा रहँदा पनि शर्माले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरेर विभिन्न कार्यक्रममा सहभागी भएका थिए। स्वास्थ्य अवस्था सामान्य रहेको अचानक अत्यधिक पीडा भएपछि उनले झापामा स्वास्थ्य परीक्षण गराएका थिए। पथ्थरी मिर्गौलाबाट पिसाब नलीमा सरेको र तत्काल अपरेसन नै गर्नु पर्ने चिकित्सकले सल्लाह दिएका थिए। अपरेसन पश्चात महामन्त्री दुई दिन अस्पताल बस्ने छन् । त्यसपछि महामन्त्री शर्माले केही दिन घरमै बसेर आराम गर्नु पर्ने चिकित्सकले परामर्श दिएका छन् ।

































































































