HomeFeatured 2नयाँ उज्यालोको साकोसको ११ औं बार्षिक साधारणसभा सम्पन्न

नयाँ उज्यालोको साकोसको ११ औं बार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड २५ भदौ । ११ वर्ष नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको ११ ओै बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शुष्मा पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कायर्यक्रममा संस्थाको प्रतिवेदन अध्यक्ष शुष्मा पौडेल, गर्नुभएको थियो भने लेखा प्रतिवेदन लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक गणेशकुमार पोखरेलले प्रस्तुत गर्नु भएको थियोे ।
११ वर्षअघि ७७ जनाको ३ लाख ८५ हजार पूँजीबाट शुरू भएको सहाकारीको पूँजी अहिले २ करोड ३७ लाख ६२ हजार शेयर पूँजी पुगेको उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ठ कर्मचारीका रुपमा योगमाया दाहाललाई सम्मान गरिएको छ ।
त्यस्तै संस्थाको ११ औं बार्षिक साधारणसभाका अवसरमा असल ऋणीहरु ध्रुव श्रेष्ठ, अमा पुरी, संगीता कुमाल, सितादेवी भुजेल, तिलचन गिरी सम्मानित हुँदा असल बचत कर्तातर्फ बेनुकुमारी यादव, महादेव राजवंशी, देवलोक चौधरी, ललिता दास, गायत्री राजवंशी र रमेशकुमार कार्कीलाई सम्मान गरिएको छ ।
त्यसैगरी ज्येष्ठ शेयर सदस्यतर्फ यमबहादुर बराइली, मुनुदेवी भण्डारी, नरबहादुर कट्ुवाल, बृहस्पति शर्मा र बिष्णुमाया घिमिरेलाई सम्मान गरेको छ ।
संस्थाका सदस्य शिवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विदुर खनालले गर्नुभएको थियो भने औचित्यमाथि प्रकाश संस्थाका उपाध्यक्ष प्रेमचन्द्र लिम्बुले पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दाहाल, जिल्ला सहकारी संघका सदस्य देवीमाया अधिकारी, संस्थाका संस्थापक अध्यक्ष केशरबहादुर खवास, साना मझौला सहकारी संस्थाकी अध्यक्ष देवीका निरौला बस्नेत, मिलनसार सहकारी संस्थाका अध्यक्ष केशरबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नयाँ उज्यालोको साकोसको ११ औं बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img