Homeसमाचारलगानी भित्र्याउन पहल गर्ने थेवेको प्रतिबद्धता

लगानी भित्र्याउन पहल गर्ने थेवेको प्रतिबद्धता

शिवसताक्षी २७ भदौ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम–कनकाई–दोमुखा क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं–९ र १० को संयुक्त आयोजनामा सम्पन्न जनतासँग कांग्रेस अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता थेवेले कनकाई धाम, कन्काइ नदीमा तटबन्ध निर्माण, सताक्षीधाम, कोटिहोम दोमुखा लागायत धार्मिक पर्यटकिय स्थलहरुको संरक्षण र सम्बद्र्धनमा आफ्नो संधै अग्रसरता रहेको र आगामी दिनमा यी र यस्ता धार्मिक पर्यटकीय स्थलहरुमा रास्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरमा पहल गरेर लगानी भित्र्याउन आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसले पहल र अगुवाई गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
शिवसताक्षी वडा नं–१० को कनकाइ तट्मा रहेको माङ्हिम मन्दिरमा किराती संस्कार अनुसार माङ्सेवा गरी प्रारम्भ गरिएको कार्यक्रममा प्रदेश सांसदका प्रत्यासी उम्मेद्वार एकराज उप्रेतीले जनप्रतिनिधिले चाहेमा विकासको मूल फुटाउन असजिलो नभएको बताउँदै यसअघि निर्वाचित जनप्रतिनिधिले विकासका लागि खासै पहल गर्न नसकेको आरोप लगाउनुभयो ।
१० नं वडा सभापति लक्ष्मी योङ्याको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्शुराम ढुङ्गाना, खड्ग कार्की, सन्त फेउदेन, नगर सभापति अशोक बस्नेत लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलगानी भित्र्याउन पहल गर्ने थेवेको प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img