बिर्तामोड । पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा नेपाली कांग्रेस झापाले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १४ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिसमा परेका १४ जनामध्ये ३ जना पूर्वमन्त्री हुन् भने ६ जना पूर्व सांसद हुन् ।
झापाका तीनवटा क्षेत्रबाट एकल उम्मेद्वार सिफारिस भएका छन् । तीमध्ये क्षेत्र नं–३ बाट सिफारिस भएका कृष्णप्रसाद सिटौला पूर्व उपप्रधान एवं गृहमन्त्री हुन् भने पार्टीका पूर्व महामन्त्री हुन् । क्षेत्र नं–१ बाट सिफारिस भएका विश्वप्रकाश शर्मा कांग्रेसका वर्तमान महामन्त्री हुन् । यसैगरी एकल नाम सिफारिसमा परेका झापा क्षेत्र नं–४ का देउकुमार थेवे पार्टीका जिल्ला सभापति हुन् ।
कांग्रेसले क्षेत्र नं.–२ बाट ६ जना र ५ बाट ५ जनालाई सिफारिस गरेको हो । कांग्रेस झापाले तल्लो तहबाट आएका नामलाई सिधैं पार्टीको उपल्लो (प्रदेश एवं केन्द्र)–मा सिफारिस गरेको जनाएको छ । उम्मेद्वार छान्ने पार्टीको नीति अनुसार कांग्रेसले प्रदेश क्षेत्रीय समिति र संसदीय क्षेत्रीय समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदका लागि नाम सिफारिस गरे अनुसार नै प्रदेशमा पठाएको हो ।
झापाका ३ निर्वाचन क्षेत्रबाट कांग्रेसले एकल उम्मेदवारको नाम सिफारिस गरेको छ भने झापा २ बाट सबैभन्दा बढी ६ जनाको नाम सिफारिस भएको छ ।
झापा ५ बाट ५ जनाको नाम सिफारिस गरिएको छ । हरेक क्षेत्रबाट ३–३ जनाको नाम सिफारिस गर्न केन्द्रले परिपत्र गरे पनि झापा २ र ५ बाट बढी नाम सिफारिस भएको हो ।
पार्टीको प्रदेश, क्षेत्र र जिल्लाबाट सिफारिस भएका नाम कांग्रेसले सोमबार नै १ नं प्रदेश समिति एवं केन्द्रीय समितिमा पठाएको छ ।
झापा २ बाट सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सुधीरकुमार सिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीन प्रसाईंको नाम सिफारिस भएको छ । सिफारिस भएकामध्ये बुढाथोकी सामान्य प्रशासन मन्त्रालयका पूर्वमन्त्री हुन् भने सरिता प्रसाई पूर्व कृषि राज्यमन्त्री हुन् । दुवैजना कांग्रेसका केन्द्रीय सदस्य छन् ।
सिफारिस भएकामध्ये सुधिरकुमार शिवाकोटी संविधानसभा सदस्य एवं पूर्व केन्द्रीय सदस्य हुन् भने छत्र गिरी लगानी प्रबर्द्धन बोर्डको केन्द्रीय सदस्य हुन् । यसैगरी जलकुमार गुरुङ देशकै उत्कृष्ठ
५ क्षेत्रमा कांग्रेसका १४ उम्मेद्वार, १, ३ र ४ सर्वसम्मत, २ र ५ मा कसले पाउला टिकट ?

































































































