Homeसमाचारबिर्तामोडका समस्या समाधानका लागि एकजुट हुने साझा प्रतिवद्धता

बिर्तामोडका समस्या समाधानका लागि एकजुट हुने साझा प्रतिवद्धता

बिर्तामोड २२ भदौ । चाडवाड नजिकिएसंगै बिर्तामोड नगरपालिका भित्र सुरक्षा व्यवस्था, बजार अनुगमन, सवारी व्यवस्थापन, विद्युत आपूर्ति र फोहोर व्यवस्थापनका विषयमा सरोकारवालाहरु बीच सामुहिक छलफल भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको साझा समस्याका रुपमा रहेको बजार अनुगमन, सवारी व्यवस्थापन, विद्युत आपूर्ति र फोहोर व्यवस्थापन लगायतका विषयमा छलफलमा बोल्दै सहभागीहरुले समस्या समाधान गर्न सबै पक्ष एकजुट भएर अगाडि बढ्ने सहमति गरेका हुन् ।
छलफलमा बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालयको समस्या रहेको साथै फोहोर व्यवस्थापनमा पनि नगरपालिका लागीरहेको उल्लेख गरे । उनले समयमा फोहोर व्यवस्थापन नहुँदा फोहोरको समस्या बढ्दै गएकाले यसलाई समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले यसतर्फ सबै सचेत हुन आह््रवान गर्नुभयो । चाडपर्व मनाउन जाँदा घरै छोडेर हिड्नु परेको अवस्थामा नजिकका छिमेकी तथा सुरक्षा निकायलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
चाडपर्वको समयमा सुनचादीको कारोबार पनि बढी हुने त्यस क्षेत्रमा चोरीको घटना पनि बढ्ने सक्ने भएकाले व्यवसायीहरुलाई सजग बन्न आग्रह गरे । चाडपर्वको मौका छोपेर उपभोक्ता ठगी गर्नेहरु बढ्ने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउन लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।
चाडपर्वको समयमा सवारी आवागमनको चाप धेरै हुने भएकाले यसलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक अशोक जबेगूले बताउनु भयो । बिर्तामोडको कृषिथोक बजार प्रवेश गर्ने रोडलाई ‘वान वे’ बनाउने र फुटपाथमा पार्किङको व्यवस्था गर्ने कार्यलाई अगाडि बढाउने बताउनु भयो ।
प्रहरी निरीक्षक जबेगूले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको र पछिल्लो समय तीन चक्के सवारी बिर्तामोडको मुख्य समस्याको रुपमा रहेको उल्लेख गर्नुभयो । तीन चक्के सवारीका चालकलाई ट्राफिक नियमको ज्ञान समेत नभएका कारण समस्या भएको बताउँदै प्रहरीले निरीक्षक जबेगूले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गर्दा छुटाउन कसैलाई पनि दवाव नदिन आग्रह समेत गरे ।
चाडपर्वको समयमा विद्युतको माग अधिक हुने भएकाले त्यसलाई व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण अनारमनी शाखा तयारी अवस्थामा रहेको अनारमनी वितरण शाखाका इञ्जिनीयर विभव पौडेलले बताउनु भयो । उहाँले चार वटा टिमलाई तयारी अवस्थामा राखेर दिन र रातको समयलाई मध्यनजर गर्दै टोली खटाइएको जानकारी दिनुभयो । बिर्तामोड क्षेत्रमा देखिएको अव्यवस्थित तारहरु हटाउने कामलाई प्राथमिकता दिँदै त्यसलाई थप सुधार गर्न प्राधिकरण लागेको उहाँको भनाई थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजु न्यौपानेले बिर्तामोड क्षेत्रमा सवारी पार्किङ, विद्युत, उपभोक्ता ठगिने, सडकको दुरावस्था, फोहोर व्यवस्थापन नहुनु लगायतका समस्या समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनु भयो । बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका सबै संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको उहाँको भनाई थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उपभोक्ता मञ्चका अध्यक्ष वेदप्रकाश अग्रवालले बिर्तामोड क्षेत्रमा धेरै समस्या रहेकाले यसलाई समाधान गर्न सरकारी र गैरसरकारी दुबै संघ–संस्था एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँ चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कुमार भट्टराई, राजेन्द्र थापा लगायतले बिर्तामोडको समस्या र यसमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाका विषयमा आ–आफ्नो धारणा राखेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कुशल खतिवडाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडका समस्या समाधानका लागि एकजुट हुने साझा प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img