Homeसमाचारसिमानामा मानब बेचबिखन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

सिमानामा मानब बेचबिखन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

भद्रपुर २० भदौ । मानब बेचबिखन तथा ओसार पसार विरुद्धको १६ औ राष्ट्रिय दिवसको अवसर पारेर सोमबार देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । सोही सन्दर्भमा झापाको भद्रपुरमा पनि जनचेतनामुलक पोष्टर टास्ने तथा र्यालीसहितको कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकासहित मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने एबिसी नेपाल झापा, साना हातहरु, वडा प्रहरी भद्रपुर, शसस्त्र प्रहरी बल भद्रपुर, मानव अधिकारका लागि एकल महिला,मेची बहुमुखी क्याम्पस, विश्व सेवालगायतका संघ–सस्थाको आयोजनामा दिवस मनाइएको हो ।

No description available.


भद्रपुरमा र्यालिसहित नगर परिक्रमा पछि मेची पुलमा कार्यक्रम गरिएको थियो । भद्रपुर नगरपालिकाका सामाजिक बिकास समितिका अध्यक्ष सिता गुरागाइको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा उपमेयर राधा कार्की हुनुहुन्थ्यो ।
कार्यक्रममा एबिसी नेपालकी झापा अध्यक्ष कन्चना ढकाल सिटौला वडा प्रहरी प्रमुख सन्तोस बुढाथोकी शशस्त्र प्रहरी सिमा प्रमुख रामकुमार घिमिरे, साना हात भद्रपुर स्टेसन म्यानेजर बिक्रम वाग्ले लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध, लागू औषध बिरुद्धका नारा सहितका स्टिकर पम्पेटहरु सवारी साधनमा टाँस्नुका साथै वितरण समेत गरिएको थियो । नेपालतर्फको मेची पुल पश्चिम तथा भारतको बिहार राज्यस्थित गलगलियाका केही स्थानहरुमा मानव बेचबिखन बिरुद्ध र लागू अ‍ौषध बिरुद्धका चेतना मुलक पम्पप्लेट र स्टिकरहरु सवारी साधन र स्थानीय होटलहरु टासिएको एबिसी नेपालकी सिटौलाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिमानामा मानब बेचबिखन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img