कञ्चना ढकाल सिटौला
‘तीन तहको सरकार, मानव बेचबिखन बिरुद्धको सरोकार’ नाराको साथ अन्तर राष्ट्रिय मानव बेचबिखन बिरुद्ध ,सोर्हौ राष्ट्रिय दिबस २०७९ भदौ २० गते विश्व भरि नै बिबिध कार्यक्रमका साथ सम्पन्न गरिरहेका छन । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भदौ २० गतेका दिन यो दिवस मनाउन थालिएको हो ।
मन्त्रिपरिषदको २०६४ जेठ ११ को बैठकबाट हरेक बर्ष भदौ २० गतेलाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिए बमोजिम हरेकवर्ष भदौ २० गते आजका दिनलाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रुपमा मनाइदै आएको छ ।
मानव बेचबिखन तथा ओसार पसार मानबता बिरुद्ध को जगन्य अपराध हो । सुरुसुरुमा मानिस लाई दास बधुबा,श्रमिक तथा याौन दाशिका रुपमा प्रयोजनका लागि बेचबिखन सिमित थियो भने हाल आएर यो अपराध बिश्वब्यापी आधुनिक आधुनिक दाशताका रुपमा फैलिएको छ,अबैध लागु औषधि र हातहतियार को अबैध कारोबार पछि बिश्व मै तेस्रो ठुलो अपराध को मानव बेचबिखन तथा ओसारपसार देखिन आएको छ । मानव बेचबिखन प्रबृत्ति फेरिदैे गएको र नियन्त्रण प्रयास र प्रयाप्त नभएको कारण करिब २ करोड ५०लाख मानिस हरु बर्सेनि बेचबिखन मा पर्ने गरेको गरेको तथ्यांक हरुले देखाएको छन भने नेपाल बाट मात्रै यो सख्या १३ हजार भन्दा बढि पर्ने गरेको अध्यन हरुले देखाएको छ ।
मानव बेचबिखन तथा ओसारपसारको प्रबृत्ति तथा प्रकृतिमा पनि परिबर्तन आएको पाईन्छ ,बेरोजगार तथा गरिबी को फाइदा उठाउदैअपराधिहरुले कतिलाई जागिर को प्रलोभनमा पारेर त कतिलाई बिबाह मायाजालमा पारेर मानव तस्बिर गर्ने गरेको पाईएको पाईन्छ । महिला बालबालिका एब थुप्रै युबाहरुलाई समेत गलत कार्य हरुमा संलग्न गराउने धाक धम्कीको प्रयोग गर्ने मानव अंग झिक्ने, धोका पुर्ण शोसण गर्ने घरेलु हिसा गर्ने बेश्याबृति वाअन्य प्रकारको यौनशोषण गर्ने जस्तो मानवता बिपरित कार्यहरु देश भित्र वा देश बाहिर पैसा काउने उदेश्य ले गरिएको पाइन्छ जुन कार्यहरु जगन्य अपराधिक मानबता बिरोधी कार्य हुन ।
मानव बेचबिखन तथा ओसार–पसारका अनेकौं कारणहरु हुन सक्छन, धेरै कारणहरु मध्ये प्राय यी कुराहरुलाई प्रमुख रुपमा लिन सकिन्छ ।
जनचेतनाको कमि ,परिबारिक कारण ,सामाजिक कारण,घरेलु हिसाको कारण बेरोजगार,शिक्षाको अबसरबाट बन्चित खुला सिमाना, गरिबी र अर्काको देखासिकी राजनैतिक प्रतिबद्धताको कमि जस्ता कमजोरीहरुलाई मानव तस्करह रुले प्रयोग गरि अपराधीक गतिविधि हरु बिधिहरु गर्ने गरेको छन,यस्तो दलाल तथा अपराधीहरु विभिन्न रुपमा रहेका हुन सक्छन् सामान्य तथा मानब वेचबिखन गर्ने समुह तथा गिरोह आफ्नै नातेदारहरु, यौन ब्यापार केन्द्र का दलाल हरु सस्तो श्रम प्रयोग गरि सजिलै धनोपार्जन गर्ने ब्यक्ति हरु अशिक्षित ,बेरोजगार ब्यक्ति आदि का रुपमा यस्ता मानव बेचबिखन तथा ओसारपसार काअपराधि नाईकेहरु रहेका हुन सक्छन् ,यस्ता अपराधी को निसानामा सामान्य तथा निम्न प्रबिधिका मानिसहरु पर्ने गर्दछन् ।
– गाउँ तथा सहरको गरिबि अशिक्षित महिला बालबालिका तथा युबा पुरुष हरु !
– पिछडिएका बर्गका,बिबाह गर्ने उमेर भएका अनाथ बालबालिका केटाकेटिहरु,
बेरोगार ,विभिन्न हिसांमा परेका महिला तथा बालबालिका हरु ।
यसरी विभिन्न रूपमा रहेका अपराधीहरूले विभिन्न उपायहरू अवलम्बन गरि मानवतस्करी गरिरहेका हुन्छन् । यसरी मानव बेचबिखनलाई न्युनिकरण तथा नियन्त्रण गर्नेतर्फ विश्वको ध्यान आकृष्ट भएको छ । नेपाल सरकारले पनि यस्तो कार्य नियन्त्रणका लागि विभिन्न कानूनहरू तर्जुमा गरि कार्यान्वयनमा ल्याएको छ । तर प्रभावकारी तरिकाले कार्यान्वयनमा ल्याएको छ । तर प्रभावकारी तरिकाले कार्यान्वयन हुन नसक्दा अपराधीहरू सजिलै उम्कन सक्ने पीडितले न्याय नपाउने अवस्थाको अन्त्य हुन सकेको छैन । यसर्थ मानव बेचविखन तथा तस्करी नियण र न्युनिकरणका लागि सरकारको मात्रै भर परेर हैन हामी सबैले सरोकारको बिषय बनाएर निम्न उपायहरू अवलोगर्नु जरुरी देखिएको छ ।
– कामको खोजीमा देशभित्र र बाहिर जहाँ लैजाने आफन्त तथा अर्को व्यक्ति जो भएपनि झट्ट बिश्वास गरिनहाल्ने ।
– विदेश वा स्वदेशमै पनि अपरिचित ठाउँमा जानुपर्दा त्यो ठाउँ, कामको विवरणबारे बुझेरमात्र जाने ।
– सचेतना कार्यक्रम सबै ठाउँमा सञ्चालन गर्दै जाने ।
– सीप विकासका तालिमहरू सञ्चालन गरेर घर गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने ।
अभिभावक शिक्षामा जोड दिने ।
– स्थानीय तहको सिफारिस र अभिभावकको अनुमति लिएर मात्रै बैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनुपर्ने ।
१८ वर्षभन्दा मुनिका युवाहरूलाई बैदेशिक रोजगारीमा रोक लगाउने ।
जनप्रतिनिधिहरूलाई सचेत गराउने ।
अपरिचित व्यक्तिमाथि निगरानी राख्ने ।
बालशिक्षा, यौन शिक्षा, अनौपचारिक शिक्षा तथा महिला शिक्षामा जोड दिने ।
जन्म, मृत्यु, बसाई सराई , बिबाह दर्तालाई व्यवस्थित र कडाईका साथ हेर्ने ।
–परिचय पत्रको व्यवस्था गर्ने ।
–सिमा नाकामा खटिने प्रहरीहरुलाई विशेष तालिमको व्यवस्था गर्ने ।
– बेचबिखनमा सुराकी दिने व्यक्तिलाई सूरक्षा साथै उचित पुरस्कारको व्यवस्था गर्ने ।
–सरकारी तथा गैह्र सरकारी संस्थाहरु बिच समन्वय कायम गरी काम गर्ने ,
सञ्चारमाध्यमहरुलाई प्रभावकारी प्रयोग गर्ने ।
–बेचबिखन तथा तस्करी सम्बन्धि कानूनहरुमा आवश्यक संशोधन गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ।
–महिलाहरुलाई रोजगारीको व्यवस्था गर्नु ।
–राजनैतिक प्रतिवद्धता जरुरी ।
–स्थानीय तहहरुमा महिला सेलको स्थापना गरिनुपर्ने ।
–महिलामाथिको हिंसा नियन्त्रण गर्नुपर्ने ।
–स्थानीय तहहरुमा दवाव समूहको गठन गरिनुपर्ने ।
–प्रभावित क्षेत्रहरुमा तथा सिमा नाकाहरुमा सूचना बोर्डको व्यवस्था गर्नुपर्ने । आदि इत्यादि ।
अवलम्बन र कार्यान्वयनमा ल्याएर हामी सबैको र सरकारको नियमित अनुगमन र प्रयास जारी रहने हो भने निश्चय नै मानब बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराधिक घटनाहरुलाई न्यूनिकरण गर्दै निर्मुलीकरण तर्फ उन्मुख हुन सक्छौं । अपराधीहरुलाई सजाँयको भागिदार बनाउन सफल हुनेछौं ।

































































































