Homeसमाचारविश्वप्रकाशको पहलमा बन्दै मदन भण्डारी मार्ग, २५ करोडको टेण्डर आह्वान

विश्वप्रकाशको पहलमा बन्दै मदन भण्डारी मार्ग, २५ करोडको टेण्डर आह्वान

काँकरभिट्टा २० भदौ । राजनीतिमा प्रतिष्पर्धा गरौं, विकास निर्माणमा सहकार्य गरौं राजनीति नगरौं’ भन्ने कुरालाई आत्मसात गर्दै सोही अनुसार काम पनि गर्दै आउनु भएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा सोमबार मेचेडाँगी पाटापुर सडक खण्डको ४ किलोमिटर बाटोका लागि टेण्डर आह्रवान गरिएको छ ।
अघिल्लो सरकारले मदन भण्डारी राजमार्ग नामाकरण गरेर अलपत्र छोडेको पुरानो चुरे मार्गको मेचीनगर ४ मेचे डाँगीदेखि पाटापुरसम्मका लागि रकम निकासा गरेर टेण्डर आह््रवान गरिएको हो ।
मदन भण्डारी राजमार्ग नामाकरण गरेको पुरानो चुरे मार्गको मेचेडाँगीदेखि नेपाल–भारत पाटापुर सम्मको लगभग ४ किलोमिटर बाटो निर्माण प्राथमिकतामा नपरेर बजेट विहिन भएर चर्को आलोचना हुँदै आएको थियो ।
तर महामन्त्री शर्माको पहलमा नेपाल सरकारले २५ करोड रकम निकासा गरेपछि परियोजनाको दमक डिभिजनले सो रकम बराबरको टेण्डर आह््रवान गरेको छ । अपुरो बाटोलाई पूरा गर्नका लागि चार महिनासम्मको निरन्तरको प्रयासबाट मात्रै रकम निकासा गर्न संभव भएको शर्माले जानकारी दिनुभयो ।
महामन्त्री शर्माले सरकारका विभिन्न निकायमा दबाब दिंदै आउनु भएको थियो भने परियोजना प्रमुख सुबोध देवकोटासहित पटक पटक फिल्ड अनुगमन, स्थानीय जनप्रतिनिधिहरुसहित पैदल यात्रा एवं अध्ययन अवलोकन गदैै आउनु भएको थियो । रकम निकासासहित गरिएको टेण्डर आह््रवान स्थानीयबासीमा खुशी ल्याएको छ ।
विकास निर्माण र मानवीय सेवाका क्षेत्रमा सबैले हातेमालो गर्नका लागि अपिल गर्दै आउनु भएको छ ।
यसैबीच शर्माकै पहलमा क्षेत्र नं. १ मा निर्माण भइसकेको रिङ रोडको स्तरीकरण र निर्माण हुन बाँकी रहेको रिङ रोड निर्माणका लागि चाँडै टेण्डर आह््रवान हुने स्रोतले बताइएको छ ।
पुर्व पश्चिम राजमार्गको बैकल्पीक मार्गका रुपमा हेरिएको मदन भण्डारी मार्गका लागि बजेट अभाव देखाउँदै पुर्वी खण्ड निर्माणमा ढिलाई भइरहेको बेला काँग्रेस महामन्त्री शर्माको सार्थक पहल पछि निर्माणको प्रक्रिया शुरु हुनुले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने स्थानीयहरु बताउँछन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविश्वप्रकाशको पहलमा बन्दै मदन भण्डारी मार्ग, २५ करोडको टेण्डर आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img