HomeFeatured 2कांग्रेसको शिबसताक्षीमा वडा नं. ६ र ७ को संयुक्त कार्यकर्ता भेला सम्पन्न

कांग्रेसको शिबसताक्षीमा वडा नं. ६ र ७ को संयुक्त कार्यकर्ता भेला सम्पन्न

शिबसताक्षी १९ भदौ । आसन्न मङ्सिर ४ मा हुन गाइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित नेपाली काङ्ग्रेस शिबसताक्षी नगरपालिका वडा न. ६ र ७ को संंयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ कार्यक्रममा आसन्न निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जिताउने बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
शिबसताक्षी नगरपालिका वडा नं. ६ का सभापति भिमप्रसाद ताजपुरियाको सभापतित्व सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सांंसदका प्रत्यासी देउकुमार थेबेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेस प्रदेश समिती सदस्य उत्तम चम्लगाइ महाधिवेसन प्रतिनिधि भक्ति सिटौला, खड्ग कार्की पर्शुराम ढुंगाना रहनु भएको थियो अतिथीहरुमा जिल्ला सहसचिव कमल भण्डारी जिल्ला सदस्य याम भुजेल सिबसतासी नेका सभापती असोक बस्नेत , प्रदेस सभापति बिनोद ढकाल , प्रदेस प्रतिनिधि मिलन कुमार ढुङ्गानानिर्वाचित वडा अध्यक्षहरु मनोज खुलाल कार्की, सन्त फेउदेन लगायत को आथित्यता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव बिक्रम दाहालले गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला सभापती थेबेले नेपाली काङ्ग्रेसका कार्यकर्तालाइ एकढिक्का भएर आसन्न निर्वाचनमा लाग्न निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले क्षेत्र नं. ४ मा यसअघिको निर्वाचनमा कांग्रेसका उम्मेद्वार पराजित भएपनि बिकास निर्माणका काम आफुहरुले बढी गरेको दावी गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले पुल पुलेसा कल्बड बाँध खानेपानी भवन निर्माण जस्ता विकास निर्माणका काम काङ्ग्रेसकै अगुवाइमा भएको बताउनु भयो ।
सो अवसरमा डेढ करोडको लगानीमा कांग्रेसको अगुवाइमा निर्माणाधिन नमुना बिद्यालय जनाआदर्श उच्च माबिको अवलोकन समेत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसको शिबसताक्षीमा वडा नं. ६ र ७ को संयुक्त कार्यकर्ता भेला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img