HomeFeatured 2पत्रकार घिमिरेसहित अवकास प्राप्त निजामति कर्मचारीलाई सम्मान

पत्रकार घिमिरेसहित अवकास प्राप्त निजामति कर्मचारीलाई सम्मान

भद्रपुर १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन झापाले युनियन स्थापनाको २१ औं स्थापना दिवसको अवसरमा एकजना पत्रकारसहित बहालवाला तथा अवकास प्राप्त निजामती कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा आइृतबार सम्पन्न कार्यक्रममा भद्रपुर लोकतन्त्र दैनिक र जनआन्दोलन साप्ताहिकका समाचारदाता भद्रपुर निवासी पत्रकार रेवतीराज घिमिरेसहित उत्कृष्ट कर्मचारी २ जना र अवकास प्राप्त कर्मचारीहरु १५ जनालाई सम्मान गरिएको हो ।
घिमिरेलाई कुशल पत्रकारको रुपमा सक्रिय रहेर समाज र राष्ट्रको परिवर्तनको बाहक बनेको भन्दै उत्कृष्ठ पत्रकारको रुपमा प्रमुख अतिथि प्रसाई तथा अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ्ग लगायतले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
यसै गरी बर्ष उत्कृृष्ठ कर्मचारी पुरस्कारबाट सिअनमी अमिना श्रेष्ठ र ना. सु. तरुण शाहलाई समेत दोसल्ला सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो भने संस्थामा रहेर युनियनलाई सहयोग पुर्याएको भन्दै अवकास प्राप्त १५ जना कर्मचारीहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएकी प्रसाईले निजामती कर्मचरीले जनगुनासोलाई समेट्ने गरी काम गर्न नसकेको बताउनु भयो ।
उहाँले कर्मचारीले ईमान्दारीताका साथ काम नगर्दा आम नेपाली जनताले मुलुक विगार्ने राजनीतिक दल र मन्त्रीलाई गाली गरेर दोष दिने गरेको बताउनु भयो । प्रसाईले मुलुकको स्थायी सरकार नै निजामती कर्मचारी भएको उल्लेख गर्दै कर्मचारीकै कारण मुलुकमा भ्रष्टचार मौलाउदै गएको बताउनु भयो ।
उहाँले देशमा अराजकता र भ्रष्टचार निम्तिएको र त्यसको दोष मन्त्री र राजनैतिक दललाई मात्र दिन नहुने बताउदै मुलुकलाई समृद्धि बनाउने जिम्मा कर्मचरीको मात्र भएको बताउदै विश्वासनयितका साथ काम गर्न आग्रह गर्नु भयो।
कार्यक्रमममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले पद्धतीको सुधार गर्दै सबै कर्मचारीहरुले निष्पक्ष काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल निजामती आधिकारिक टे«ड युनियन झापा अध्यक्ष लक्ष्मी गुरागाई, नेपाल निजामती कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल, एकिकृत राष्ट्रिय कर्मचारी संगठन झापा अध्यक्ष निरोज कट्टेल, लगायतले मन्तव्य राख्दै तत्काल संघीय निजामती ऐन लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङ्गले औचित्यमाथि प्रकाश सहित स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन युनियन सचिव चन्द्र पौडेलले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार घिमिरेसहित अवकास प्राप्त निजामति कर्मचारीलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img