बिर्तामोड । झापाको बिर्तामोड ४ स्थित आनन्दगञ्जमा रहेको रुपेश्वर शिव पञ्चायान मन्दिरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिव पाञ्चायन मन्दिरका अध्यक्ष भक्ती प्रसाईको अध्यक्षाता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।
शिविरको उद्घाटन गर्दै नेता शिवाकोटीले दुर दराजमा रहेका अति बिपन्न गरिव परिवारका मनिसहरु ठुला ठुला अस्पताल तथा क्लिनिकमा उपचार गर्न नसक्ने भएकोले यस्ता प्रकारका सिविरले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो।
रबिन आयुर्वेदिक फार्मेसीका सञ्चालक रणदेव हजामले सामाजिक दायित्व अन्तरगत हरेक वर्ष झापाका बिभिन्न ठाउहरुमा स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको वताए ।
स्वाथ्य सिविरमा पायल्स, महिनावारीको समस्या, महिलाहरुको तल्लो पेटको समस्या, स्तनको गाँठागुठी, निःसन्तान, बाथ तथा नसाका रोग महिला पुरुषहरु गरी २ सय जना भन्दा बढिलाई आयुर्वेद चिकित्सक डा. अहिल्या मैनालीले रोग परिक्षण गर्नु भएको थियो ।
सिद्ध फर्मुलेसन, सगरमाथा आयुर्वेदिक औषधी उधोग, भास्कर हर्वास्यूटिकल्स, अष्टाङ्ग आयुर्वेदिक औषधी उधोग , एमिल फर्मा , ओजोस हर्वास्यूटिकल्स, गोरखनाथ हर्वास्यूटिकल्स, गोरखा आयुर्वेदिक औषधी उधोग, फ्लुर हिमालयन, ग्रेस हर्वास्यूटिकल्स लगाएतका औषधी उधोगहरुले निशुल्क आयुर्वेदिक औषधी उपलब्ध गराएका थिए । हजामले औषधी उधोगहरुलाई स्वास्थ्य सिविरमा आयुर्वेदिक औषधी निःशुल्क उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरेका छ्न् ।
शिबिरमा हेमकुमार खड्का, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, उपाध्यक्ष सञ्जिव चापागाइ, मन्दिर ब्यवस्थापन समितिका सचिव राजकुमार प्रसार्इ लगायतले शिविर सम्पन्न गर्न आर्थिक सहयोग गरेका थिए । बिर्तामोड उधोग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, निवर्तमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड खानेपनिका सचिव मेघराज बास्तोला, शिक्षिका सरिता मगर, आशा परियार, प्रेम भट्टराई, उर्मिला प्रसाई, स्वास्थ्यकर्मिहरु कुसहरी धमला, राम नारायण मण्डल, सुशिल राजवंशी एवम युवराज ओली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन चन्द्र खरेलले गरेका थिए ।
बिर्तामोड ४ स्थित रुपेश्वर शिव मन्दिरमा आयुर्वेदिक स्वास्थ्य शिविर

































































































