HomeFeatured 2'विचौलियाका कारण काम गर्न कठिन' मोफसलकै ठूलो राशीको पुरस्कार झापामा

‘विचौलियाका कारण काम गर्न कठिन’ मोफसलकै ठूलो राशीको पुरस्कार झापामा

विर्तामोड १८ भदौ । प्रदेश नं–१ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले विचौलियाका कारण सोचेजति काम गर्न नसकेको बताउनु भएको छ ।
नारी सञ्चार गृह झापाको ११ औं स्थापना दिवसमा आयोजित मर्यादित पत्रकारिताका लागि गुनासो, सुझाव र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री घिमिरेले पदीय दायित्वमा बसेको ब्यक्तिलाई बिचौलियाले किन्न खोज्ने र किन्न नसके अदालतबाट ‘स्टे अर्डर’ गराएर कामै गर्न नदिने प्रवृत्तिका कारण सोचेजति काम गर्न नसकेको दोहो¥याउनुभएको हो ।
विचौलियासँग साठगाँठ नगरेकै कारण पदीय दायित्व संहालेको ६ महिनामा आफैंमाथि ५ वटा मुद्धा दायर भएको दावी गर्दै उहाँले लाइसेन्स वितरणमा भएको ढिलाइको कारण पनि विचौलिया नै भएको बताउनु भयो ।
प्रदेश सञ्चार विधेयक संसदमा पेश भएको तर विषयगत समितिले रोकिदिएका कारण पारित हुन नसक्दा मिडिया काउन्सिल गठन एवं पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धिका लागि कार्यक्रम सञ्चालनमा समेत कठिनाइ भएको उहाँको भनाइ थियो । पत्रकारितामा उच्च शिक्षा अध्ययन गर्न चाहने महिला पत्रकारका लागि २ लाख रुपैयासम्मको फेलोसिप मन्त्रालयले प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश पत्रकार महासंघमा अक्षयकोष स्थापनाका लागि बार्षिक रुपमा १० लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाउँदै उहाँले नारी सञ्चार गृहको अक्षयकोषमा पनि सहयोग गर्ने वचन दिनुभएको थियो ।


सूचनाको हक आम जनतासमक्ष पुगे न्याय र समानता प्राप्त गर्न सहज हुने बताउँदै मन्त्री घिमिरेले समय, परिस्थिति अनुसार विश्वसनीय पत्रकारिताको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं–१ का उपाध्यक्ष हिमा चेम्जोङले पत्रकारितामा भित्रिएका विकृति अन्त्य गर्न पेशागत संघसंस्थाहरुले निरन्तर अन्तरक्रिया र छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
२ चरणमा विभाजन गरिएको कार्यक्रम अन्तर्गत उद्घाटन समारोहमा संस्था स्थापनाको इतिहास एवं अहिलेसम्म गरेका कामका बारेमा संस्थापक अध्यक्ष सावित्रा दाहालले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा मर्यादित पत्रकारिता गुनासो, सुझाव र प्रतिबद्धताका विषयमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता कायम रहने बताउँदै नेपाली कांग्रेस प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
नेकपा एमालेका सचिव शिव ढुङ्गेलले पत्रकारले राजनीतिमा आस्था राखे पनि विचार एवं समाचार प्रवाह गर्दा स्वतन्त्र ढंगले राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राप्रपा नेपालका झापा सचिव भवानी राजवंशीले आ–आफ्ना धारणा राख्दै मर्यादित पत्रकारिताका लागि पत्रकारमा पेशागत स्वतन्त्रता अनिवार्य शर्त भएको बताएका थिए । सो क्रममा लोकतन्त्रको सुन्दरता नै प्रेस स्वतन्त्रता रहेको उल्लेख गर्दै राजनीतिक दलका प्रतिनिधिहरु स्वतन्त्र प्रेस र निष्पक्ष पत्रकारिताका लागि आफूहरु प्रतिवद्ध भएको बताए ।
अन्तरक्रियाको सहजीकरण संस्थाका उपाध्यक्ष एवं नेपाल पे्रस युनियनका केन्द्रीय सचिव रेजिना गौतमले गर्नुभएको थियो ।
नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले १ लाख १ हजार १ सय ११ रुपैयाको ‘नारी सञ्चार सम्मान’ र २५ हजार ५०५ रुपैयाँको नारी सञ्चार युवा पुरस्कार घोषणा गर्नुभएको थियो । संस्थाले प्रत्येक २ बर्षमा प्रदान गरिने उक्त सम्मानबाट महिला सञ्चारकर्मी एवं युवा पुरस्कारबाट महिला तथा पुरुष सञ्चारकर्मी सम्मानित हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष एकराज गिरी, अग्रज पत्रकार चिन्तामणी दाहालले पत्रकारहरुले पत्रकार आचारसंहिता पालना गर्न जरुरी रहेको बताए । पत्रकारले आचारसंहितालाई पालन गरे नगर्नु नै समस्या भएको बताउँदै व्यवसायिक स्वार्थ राखेर पत्रकारलाई प्रलोभनमा नपार्न समाजका अन्य पक्षलाई पनि वक्ताहरुले सुझाएका थिए । राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी कार्यक्रमको अधिवक्ता कोपिला बस्नेत, कविता शर्मा, प्रदिप परियार, पर्वत पोर्तेल, दिपक दास, प्रेमा भट्टराई, सुब्रत न्यौपाने, गोपाल काफ्ले लगायतले आ आफ्ना धारणा राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव भुमिका सुब्बाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2'विचौलियाका कारण काम गर्न कठिन' मोफसलकै ठूलो राशीको पुरस्कार झापामा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img