काँकरभिट्टा १६ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं.–१ बाट आगामी मंसीर ४ गते हुने संसदीय निर्वाचनका लागि विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ ।
क्षेत्र नं.–१ मा पार्टीका महामन्त्री समेत रहेका शर्मालाई उम्मेद्वार बनाउनुपर्ने भन्दै जिल्ला पार्टी उपसभापति केशव पाण्डेले प्रस्ताव गर्नुभएको थियो । पाण्डेले गरेको प्रस्तावलाई क्षेत्रीय समितिले सर्वसम्मत पारित गरेको हो ।
क्षेत्र नं. प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रत्यक्षमा ताराबिर कट्वाल, गोपाल तामाङ र बालजित राईलाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ भरत सुब्बा र खड्ग धिमाल महिलातर्फ राधा कार्की र बिना तामाङलाई सिफारिस गरेको छ ।
त्यसैगरी क्षेत्र नं.–१ प्रदेशसभा क्षेत्र ‘ख’ बाट प्रत्यक्षतर्फ लोकराज ढकाल, प्रेम सम्बाहाम्फे र देवेन्द्र गौतमलाई सिफारिस गरेको क्षेत्रीय समिति बैठकले समानुपातिकतर्फ चक्र शेर्मा र झुमा बानियाँलाई सिफारिस गरेको स्रोत बताइएको छ ।
झापा–१ बाट विश्वप्रकाश सर्वसम्मत, प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ लोकराज

































































































