Homeसमाचारप्रतियोगितात्मक वक्तृत्वकला गर्दै बिराट बहुउद्देश्यीयले मनायो तीज

प्रतियोगितात्मक वक्तृत्वकला गर्दै बिराट बहुउद्देश्यीयले मनायो तीज

बिर्तामोड १२ भदौ । नेपालीहरुको सांस्कृतिक पर्व तीज पछिल्लो समय भड्किलो र बिकृत बन्दै गएको जनगुनासो बढदै गएका बेला बिर्तामोड ३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको महिला परिचालन उप समितिले फरक ढंगले तीज मनाएको छ ।
हरितालिका तीजको अवसरमा महिला परिचालन उप समितिले संस्थाको सभाहलमा आयोजित कार्यक्रममा ‘नेपालको राजनीतिमा महिलाको अवस्था’ बिषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि तीज मनाएको हो। प्रतियोगितामा ६ जनाले भाग लिएका थिए ।

No description available.


वक्तृत्वकलामा सहभागिता वक्ताहरु मध्ये उमा भट्टराई आचार्य प्रथम, अम्बिका कार्की दोस्रो र द्रौपदी गणेश तेस्रो भए ‌। तीनै जनालाई पुरस्कार प्रदान गरिएको छ । अन्य तीनजना सहभागी विन्दा खरेल, कल्पना मैनाली, र भावना अधिकारीलाई सान्तवना स्वरुप पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागिलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्कासहित अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोक्काले तीजलाई सुसंस्कृत बनाउनु पर्ने बताउनु भयो।
उपसमितिकी संयोजक तथा कार्यक्रमकी अध्यक्ष भीमा शिवाकोटीले स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष शिवाकोटीले परापूर्व कालमा घरमा मनाइदै आएको तीज रुपान्तर भएर सामुहिक रुपमा मनाउन थालिएपछि महिलाहरु नेतृत्व तथा ब्यक्तित्व विकास हुँदै आएको बताउँनुभयो । संस्कृति संरक्षणका साथै महिलाहरु सशक्तिकरण र जागरुक बनाउने सामुहिक तीज कार्यक्रमलाई नकारात्मक तरिकाले व्याख्या गरिनु दुःखद भएको बताउँदै अपवादमा देखिएका विकृति नियन्त्रणका लागि खबरदारी गर्नुपर्ने शिवाकोटीले बताउनुभयो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नंं ३ का वडाध्यक्ष मदन बुढाथोकी, विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रूद्र सिटौला, युएसस्थित टेरिमिकेसका फाउण्डेशनका टेरी मिकेसका लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संचालन प्रेमा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा बक्तृत्वकला प्रतियोगिताको निर्णायकको भूमिकामा बिर्तामोड गरपालिकाका शिक्षा प्रमुख तीलचन भण्डारी, शिक्षा सेवी देशु वनेम, प्रेम लिम्बु र अधिवक्ता कविता शर्मा रहेका थिए ।
कार्यक्रममा बिराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्ष होम सिटौला, सलाहकार संचालक समितिका पदाधिकारीहरु, एबीसी नेपाल झापाकी अध्यक्ष कंञ्चना ढकाल सिटौला, लगायतको आतिथ्यता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रतियोगितात्मक वक्तृत्वकला गर्दै बिराट बहुउद्देश्यीयले मनायो तीज
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img