Homeसमाचारपाथीभरा टोलको तीजमा रोडस्तरिय नृत्य प्रतियोगिता

पाथीभरा टोलको तीजमा रोडस्तरिय नृत्य प्रतियोगिता

बिर्तामोड १० भदौ । पाथीभरा टोल सुधार संस्था महिला समितिको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
पाथीभरा टोलपाथीभरा टोलमा निर्माणाधिन ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा रोडस्तरिय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । आठवटा रोड रहेको पाथीभरा टोलको सबै रोडले प्रतियोगितामा भाग लिएका थिए । सहभागी मध्ये रोड नं. १ प्रथम, भएको छ भने रोड नं.–५ दोस्रो र रोड नं. ४ तेस्रो भएको सचिव निर्णायक मण्डलीका नारायण चिमरियाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नारायण चिमिरया, छवि बराल र अम्बिका शिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


पाथीभरा टोल सुधार संस्था महिला समितिकी अध्यक्ष अनिता निरौलाको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार ध्रुवकुमार शिवाकोटी, पाथीभरा टोल सुधार संस्थाका कार्यवाहक अध्यक्ष तेजप्रसाद शिवाकोटी, नारायण चिमिरया ज्येष्ठ नागरिक भवन निर्माण समिति संयोजक नारायण चिमरिया, पाथीभरा टोल ज्येष्ठ नागरिक बुद्धिप्रसाद चापागाँई, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पाथीभरा टोल सुधार संस्था महिला समितिकी सचिव संगिता चिमरिया र दिक्षा बरालले सञ्चालन गरेको कार्यक्रममा शब्दद्वारा स्वागत उपाध्यक्ष कमला प्रसाई र दिक्षा, कमला, गीता, पुष्पासहितको टोलीले गीतद्धारा स्वागत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाथीभरा टोलको तीजमा रोडस्तरिय नृत्य प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img