Homeसमाचार‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन हुँदै

‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन हुँदै

विर्तामोड ८ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार यही भदौ १० गतेदेखि शुरु हुने अभियान तीन चरणमा सञ्चालन हुनेछ । जस अन्तर्गत भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरण, समानुपातिक उम्मेद्वारी दर्तापछि दोस्रो चरण र प्रत्यक्षतर्फको उम्मेद्वारी दर्तापछि तेस्रो अर्थात निर्णायक चरणको अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ ।
अभियान सञ्चालनका लागि यसअघि सम्पन्न केन्द्रीय समिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ भने प्रदेश, जिल्ला, क्षेत्र, प्रदेशसभा र गाउँ–नगरबाट खटिएका प्रतिनिधिले वडा र टोल समितिसँगको समन्वयमा वडा र टोल केन्द्रित कार्यक्रमहरु गर्ने जनाइएको छ ।
मुख्य गरी जनताका गुनासा, सुझाव लिएर स्थानीय आवश्यकताका आधारमा पार्टी गतिविधि सञ्चालन गर्ने एवं सरकारको नेतृत्व पार्टीले लिएको समयमा पनि जनआवश्यकताका आधारमा योजना निर्माण र कार्यान्वयन गर्ने लक्ष अभियानले लिएको छ ।
कांग्रेस केन्द्रीय समिति मातहत रहेका सबै तहगत संरचनाहरु, भातृ एवं शुभेच्छुक संघसंस्थाहरु, संघीय र प्रदेश–जिल्ला सम्पर्क समितिहरु, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई पनि सक्रिय बनाउँदै सञ्चालन गरिने अभियानका क्रममा राजनीतिक, सामाजिक, मतदाता संवाद, विकास संवाद, युवा संवाद, महिला संवाद, दलित समुदायसँग संवाद, क्रियाशील सदस्यहरुसँग संवाद लगायतका कार्यक्रम निर्धारण गरिएका छन् ।
यसैगरी जनअपेक्षालाई सुन्ने, नेपाली कांग्रेसले गरेका जनपक्षीय निर्णय र कार्यान्वयनबारे जानकारी दिने मुख्य उद्देश्य राखिएको अभियानका क्रममा ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ठ कार्यक्रम सम्मान, अग्रज सामाजिक ब्यक्तित्व, शहीद परिवार, द्वन्द्वकालका घाइते, अवकाशप्राप्त शिक्षक/कर्मचारी, पुराना किसान, नयाँ कृषि उद्यमी, साहित्यकार, खेलाडी, ब्यवसायी लगायतलाई सम्मान कार्यक्रम पनि तय गरिएको छ ।
सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिदै मतदातासँग सम्पर्क, समन्वय, संवाद गर्दै पार्टीका गतिविधिबारे जानकारी लिने, राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेण्डाबारे टोलबासीलाई सु–सुचित गर्ने लगायतका कार्यक्रम अभियानका लागि तय गरिएका छन् ।
देशब्यापी अभियान अन्तरगत झापाका लागि डा. डिला संग्रौला केन्द्रीय प्रतिनिधिका रुपमा आउनुहुने र भदौ ९ गते बस्ने नेपाली कांग्रेस झापा जिल्ला समितिको विस्तारित बैठकले विभिन्न कार्यक्रम तय गरी केन्द्रीय निर्देशन अनुसार जिल्ला, क्षेत्र, प्रदेशक्षेत्र, गाउँ–नगर, वडा एवं टोलसम्म अभियान सञ्चालन गरिने नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन हुँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img