भद्रपुर ६ भदौ । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले आर्थिक बर्ष २०७८/७९ को असार मसान्त सम्ममा १ अर्ब ३८ करोड २५ लाख ४ हजारको लगानीमा १ हजार २२० वटा उद्योग तथा बाणिज्य (व्यवसायिक) फर्म दर्ता गरेको छ ।
गत आवमा ७३ करोड ११ लाख १९ हजार पुँजी बृद्धि गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसै गरी आव २०७८÷७९ को असार मसान्त सम्ममा ७३ वटा उद्योगको नाम सारी, ५६ वटा उद्योग ठाउँ सारी र १५४ वटा उद्योग खारेजी भएको कार्यालयका उद्योग अधिकृत नारायण खतिवडाले बताउनु भयो ।
खतिवडाले ४ हजार ८६९ वटा उद्योग दर्ता तथा नविकरण गर्दा जम्मा १ करोड ४१ लाख ५६ हजार ७ सय रुपैयाँ राजश्व संकल भएको समेत बताउनु भयो ।
आव २०७८/७९ मा ९ अर्ब ८८ करोड ३८ लाख १७ हजारको लगानीमा १८२ वटा उद्योगले क्षमता बृद्धिसँगै पूँजी थप गरेको कार्यालयले जनाएको छ ।
उक्त आवमा ९०२ वटा उद्योगले नविकरण गरेको १२८ वटा उद्योगले नामसारी गरेको र ५९ वटाले ठाउँ सारी गरेको छ । उत्पादन मुलक, कृषि, खनिज जन्य, सेवा मुलक, लगायतका उद्योगहरु झापामा सञ्चालनमा रहेका छन् ।
झापा घरेलुमा एकवर्षमा १ हजार २२० वटा व्यवसायिक फर्म दर्ता

































































































