भद्रपुर ७ भदौ । जिल्ला निर्वाचन कार्यालय झापाले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतदाता नामावली अध्यावधिक समय निर्धारण गरेको छ ।
निर्वाचन कार्यालय झापाले जिल्ला प्रशासनको सभाहलमा मंगलबार अन्तरकृयासहित नामावली अध्यावधिकको समय पनि सार्वजनिक गरेको हो । कार्यालयले यही भदौ १२ गते देखि १६ गते सम्म नामावली अध्यावधिक सम्बन्धि सम्पूर्ण कार्य सम्पन्न गरी झापाका १५ वटा स्थानीय तहका १३१ वटै वडामा अन्तिम नामावली पठाई सक्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी छवीलाल रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मतदाता नामावली प्रकाशन भदौ १२ गते सम्बन्धित वडा कार्यालयहरुमा पठाई सकिने, १३ गते देखि १५ गतेसम्म नामावली सम्बन्धि त्रुटी सच्याउन जिल्ला निर्वाचन कार्यालयमा सम्बन्धित मतदाताले सच्याउन सक्ने जनाएको छ ।
यसै गरी कसैले भुटा विवरण दिई नाम समावेश गरेको भए १३ गते देखि १५ गते भदौ सम्म उजुरी दिन सकिने प्रमुख निर्वाचन अधिकारी तुलसी नेपालले बताउनु भयो ।
उहाँका अनुसार १३ भदौ देखि १५ गते सम्ममा कसैले कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा भए सच्याउन निवेदन दिन सकिने तथा कसैको मृत्यु भएमा वा नागरिकता त्याग गरेकोमा नामावलीबाट १३ देखि १७ गते भित्रमा जिल्ला निर्वाचन कार्यालय गएर नाम हटाउन सकिने समय सिमा तोकेको बताउनु भयो ।
त्यसै गरी बसाई सरि अन्यत्र गए वा मृत्यु भएमा सम्बन्धित व्यक्ति वा उसको आफन्तले स्थानीय निकाय वा जिल्ला प्रशासन कार्यालय गएर १३ देखि १६ गतेभित्रमा त्याग गरेको वा नागरिक्ता रद्द गरेको नामावलीबाट सम्बन्धित वडा कार्यालयमा गएर हटाउन सुझाइएको छ ।
नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, एमालेका घनश्याम अधिकारी लगायतका राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मी, सुरक्षा निकाय प्रमुख लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
झपामा ६ लाख ४६ हजार २३४ जना मतदाता स्थनीय तहको निर्वाचनमा थिए भने अहिले सो संख्यामा २५ हजार ८२० मतदाता थपिएर जम्मा ६ लाख ७२ हजार ५४ जना मतदाता रहेका छन् ।
झापामा भदौ १२ देखि मतदाता नामावली अध्यावधिक गरिने

































































































