HomeFeatured 2प्रतिबन्धित अनलाइन गेमिङ खेल्ने खेलाउने प्रहरी नियन्त्रणमा

प्रतिबन्धित अनलाइन गेमिङ खेल्ने खेलाउने प्रहरी नियन्त्रणमा

दमक ६ भदौ । अनलाइन गेमिङमार्फत नेपालमा प्रतिबन्धित वान गुना एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउने दमकको एक कल्सल्टेन्सी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक स्थानीय २५ बर्षीय सतप्रकाश साह र दमक–७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका–२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिस आर्मी टे«ङनिङसेन्टर दमकका सञ्चालक दमक–८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् ।


१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआईटि समुह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो ।
पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाइन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वान गुना एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल सीम झिकेर सोही सीमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने ईसेवा खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको दमक प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका एनसेलका सीमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवाइल, ल्यापटप ४ थान, प्रजापति सापकोटा वडा प्रमुख दमक–२ लेखिएको स्ट्याम्प १ थान, मुख्य शिक्षक लेखिएको स्ट्याम्प १ थान, डिगबहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान, मादी नगरपालिका– ३ नम्बर वडा कार्यालय, संखुवासभा लेखिएको स्ट्याम्प १ थान, नेपाल सरकार शिक्षा मन्त्रालय लेखिएको स्ट्याम्प १ थान, नेपालको निशान छाप भएको स्ट्याम्प १ थान, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान, ग्वलोवल एजुकेशन एकाडेमी लेखिएको स्ट्याम्प १ थान र नेपाली आर्मी रेकर्ड अफिस लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।
पक्राउ परेकाको यो समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रतिबन्धित अनलाइन गेमिङ खेल्ने खेलाउने प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img