HomeFeatured 2चन्द्रगढी सेवा समाजको अध्यक्षमा कमलप्रसाद

चन्द्रगढी सेवा समाजको अध्यक्षमा कमलप्रसाद

भद्रपुर ४ भदौ । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको तेस्रो वार्षिकसभा तथा दोश्रो अधिवेशनले कमलप्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
४ वर्षे कार्यकालका लागि गठित समितिको बरिष्ठ उपाध्यक्षमा नयाँनाथ पाण्डे, उपाध्यक्ष देवीमाया अधिकारी तथा मोहन श्रेष्ठ, सचिव दीपबहादुर राउत, सहसचिव युवराज न्यौपाने र कोषाध्यक्षमा खड्गबहादुर बुढाथेकी सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा क्रमशः गीता कोइराला, रेखा अधिकारी, पुष्पा घिमिरे, बालकृष्ण तिम्सेना, देवीमाया प्रधान, मुरारी पोखरेल, भरत लम्साल, धनबहादुर प्रधान लगायत रहेका छन् ।
त्यस्तै मदनप्रसाद खतिवडा संयोजक रहने गरी तारा अधिकारी खनाल र हरिमाया निरौला बाँस्कोटा सदस्य रहेको लेखा समिति समेत गठन गरिएको छ ।
कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पंडित रधुनाथ रिमाल, नेकपा माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी, टेलिकम चन्द्रगढी प्रमुख शतिसलाल कर्ण, सतमिलन महिला समूह भद्रपुर ७ की अध्यक्ष यसोदा कोइराला लगायतले शुभकामना मन्तव्य राख्दै समाज सेवामा उल्लेखनीय बन्न समाजलाई शुभेच्छा राखेका थिए । नयाँनाथ पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन देवीमाया अधिकारीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चन्द्रगढी सेवा समाजको अध्यक्षमा कमलप्रसाद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img