HomeFeatured 2झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु, महिला भलिबल र खो–खोका खेलाडी छनोट

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु, महिला भलिबल र खो–खोका खेलाडी छनोट

भद्रपुर ४ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिवारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा खेलाडी छनोट प्रतियोगिता सुरु भएको हो । खेलकुद विकास समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षता तथा प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गर्नुभयोे । समितिकी उपाध्यक्ष गंगाा कोइराला भुर्तेलले स्वागत र सचिवालय सदस्य एवम् प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहमा बोल्दै प्रमुख अतिथि वाग्लेले अन्तर्राष्ट्रिय जगतमा देशको नाम स्थापित गर्नसक्ने खेलकुद क्षेत्रलाई कुनै पनि सरकारले प्राथमिकतामा नराखेको दुखेसो गर्नुभयो । खेलकुद क्षेत्रमा सरकारले अत्यन्त न्यून लगानी गर्ने गरेको बताउँदै वाग्लेले नेपाली खेलकुद खेलाडी र खेलप्रेमीहरुको बलमा मात्र टिकेको उल्लेख गर्नुभयो । ‘भोको पेट र आवश्यक सामग्रीको अभावमा एउटा खेलाडीले कतिसम्म खेल्न सक्छ र ?’, उहाँले राज्यलाई प्रतिप्रश्न गर्नुभयो–‘खेलाडीका लागि लगानी नै गर्न नसक्ने राज्यले पनि खेलाडीबाट किन आशा राख्नू ?’
वाग्लेले आफू पदमा रहुञ्जेल प्रदेशको खेलकुद विकासका लागि लगानी बढाउँदै नतिजा हासिल हुने गरी खेलकुदका गतिविधिलाई तीव्रता दिन प्रयत्नशील रहने प्रतिबद्धता जनाउनु भयो । उहाँले झापाको खेलकुद विकासका लागि बोर्डले सम्बोधन गर्ने विश्वास दिलाउनु भयो ।
समारोहका विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकालले पनि खेलकुद क्षेत्रमा राज्यले अपेक्षाकृत लगानी र खेलकुदका गतिविधि सञ्चालन गर्न नसकेको धारणा राख्दै राज्यले निजी क्षेत्रलाई पनि साथ लिएर खेलकुदको विकासमा फड्को मार्नुपर्ने र सहयोगका लागि निजी क्षेत्र सधै तत्पर रहेको बताउनु भयो ।
समितिका अध्यक्ष भण्डारीले कुशल खेलाडी उत्पादन गर्न छनोट प्रक्रियालाई पनि प्रतियोगितात्मक बनाइएको समारोहमा जानकारी दिनुभयो । उहाँले प्रतियोगिता सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गर्नुभयो ।
उद्घाटन समारोहमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश विष्ट, प्रदीप ढकाल, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’, झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकाललगायत, समतिका पदाधिकारी–सदस्यहरु, विधागत संघ–संगठनका अध्यक्ष तथा प्रतिनिधि, खेल प्रशिक्षकहरुको उल्लेख्य सहभागिता रहेको प्रशिक्षण विभाग प्रमुख कालु मेचेले जानकारी दिनुभयो ।
प्रमुख अतिथि वाग्लेले रंगशालामै भइरहेको खोखो र आर्चरी तथा बाहुनडाँगीमा भएको पुरुषतर्फको भलिबलको अवलोकन गर्नुभएको थियो ।
पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरु हुने भएका छन् भने जुडो–उसुका प्रदर्शनीहरु भएको समितिका सदस्य एवम् प्रवक्ता दुर्वासा कार्की ‘जगन’ले जानकारी दिनुभयो ।
झण्डै ९ सय खेलाडी सहभागी हुने बताइएको जिल्लास्तरीय यस प्रतियोगिताको पहिलो दिनकोे खेलबाट खोखोको महिला/पुरुष र महिला भलिबलका खेलाडीहरु छनोट भएको प्रवक्ता कार्कीले बताउनु भयो । हक्कीका पनि खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ भने प्रतियोगितामा पहिलो पटक समावेश गरिएको आर्चरीका लागि पनि खेलाडी तयार रहेको बताइएको छ ।


प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, वास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खो खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खे समावेश गरिएको छ । आइतबारदेदि जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै विधाका खेलहरु हुने कार्यालय प्रमुख शिवुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
यसैबीच झापा जिल्ला खेलकुद विकास समतिमा सदस्यका रुपमा सन्तोषकुमार थेगिमलाई स्वाग्त–सम्मानसहित सपथ गराइएको छ । योसँगै, समितिले पूर्णता पाएको उपाध्यक्ष भुर्तेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु, महिला भलिबल र खो–खोका खेलाडी छनोट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img