भद्रपुर २ भदौ। झापाको भद्रपुरस्थित चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रले भद्रपुर १० स्थित कलबलगुरी प्राथामिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाइ शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय प्राङ्गणमा बिहिबार आयोजित कार्यक्रमका बीच केन्द्रले १० हजार मूल्य बराबरका विद्यालय झोला र केन्द्रका सदस्य लालबहादुर चहारले सौजन्य गरेको कपी र डटपेन वितरण गरिएको हो ।
विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्रछात्रालाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर १० का वडा सदस्य तुलसी पोखरेल, अध्यक्ष दुर्गाप्रसाद पाठक लगायतले सो सामग्रीहरु वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष पाठकले आफुलाई भरखरैमात्र नेपाल मानव अधिकार मञ्चले मञ्चकाे झापा संयोजकको रुपमा काम गर्ने थप जिम्मेवारी समेत दिएको बताउदै झापाको मानवअधिकारको क्षेत्रमा सक्रिय भएर काम गर्ने बताउनु भयो ।
उहाँले झोलामा किताब बोकेर विद्यालयमा अध्यान गर्न सबै बालबालिकाको जान पाउनु उनीहरुको नैसर्गिक अधिकार भएको बताउँदै संविधान सम्मत सबैले पढ्न लेख्न पाउनु पर्नेमा जोड दिनु भयो ।
पाठकले नेपालका सबै नागरिकले मानवअधिकारको रक्षा गर्न र संविधानले दिएका मौलिक हक अधिकारको स्वतन्त्र रुपमा प्रयोग गर्न पाउनु पर्ने समेत बताउनु भयो ।
पाठकको अध्यक्षतामा सम्पनन कार्यक्रममा प्रमुख अतिथि पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक रत्नबहादुर श्रेष्ठ, समाज सेवी देवेन्द्र गौतम, केन्द्रका सल्लाकार नरेश सञ्जेल लगायतले मन्तव्य राख्नु भएको थियो । खडगबहादुर बुढाथोकीले संचालन गरेको कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीले गर्नु भएको थियो ।
कलबलगुरी प्राविका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

































































































