HomeFeatured 2इनर ह्विलको पदस्थापन, अध्यक्षमा सम्झना

इनर ह्विलको पदस्थापन, अध्यक्षमा सम्झना

बिर्तामोड १ भदौ । इनर ह्विल क्लब अफ बिर्तामोडको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउन अन्तरगत गठित इनर ह्विल क्लबको मंगलबार सम्पन्न पदस्थापनबाट आगामी एक वर्षे कार्यकालका लागि सम्झना भण्डारीको अध्यक्षतामा गठित क्लबको मंगलबार पदस्थापन सम्पन्न भएको हो ।
डिष्ट्रिक प्रेसिडेन्ट डा. सिमा झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सन् २०२१/०२१ कि अध्यक्ष जमुना भुसालले आफ्नो नेतृत्वमा रहेको क्लबले एक वर्षको अवधीमा संस्थाले गरेका सामाजिक कामको गतिविधि प्रस्तुत गर्दै ‘इनकमिङ’ अध्यक्ष भण्डारीलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि झाले सन् २०२२/०२३ मा संस्थालाई दर्विलो बनाउँदै अघि बढ्नुका साथै अर्थपूर्ण सामाजिक कामका लागि सुझाउनु भएको थियो ।
जुनु विमलीले सञ्चालन गरेको कार्यक्रममा बिशेष अतिथि मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, रोटरी क्लब अफ इनर ह्विल बिर्तामोडकी संस्थापक अध्यक्ष भूमिका पोखरेल, बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जमरकट्टेल, लिला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पद हस्तान्तरण पछि स्वीकारोक्ति मन्तव्य राख्दै सन् २०२२/०२३ की अध्यक्ष भण्डारीले एकवर्षको अवधीमा संस्थाको गरिमा बढाउन र सामाजिक क्षेत्रमा आवश्यकता पहिचान गरी कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2इनर ह्विलको पदस्थापन, अध्यक्षमा सम्झना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img