बिर्तामोड १ भदौ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीका सबै तह, भातृ तथा शुभेच्छुक संघसंस्थाहरुलाई एकजुट भएर प्रदेश र संघीय निर्वाचन सफल बनाउन आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सांगठनिक अवस्था एवं आगामी निर्वाचनमा भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थेवेले यस्तो आग्रह गर्नुभएको हो ।
सबै भातृ तथा शुभेच्छुक संस्थाका सबै तहका समितिलाई सक्रिय बनाएर निर्वाचनको प्रचार–प्रसारलाई गाउँ–टोलसम्म पु¥याउन निर्देशन दिदै सभापति थेवेले नेपाली कांग्रेसको पक्षमा जनमत बनाउन आग्रह गर्नुभएको हो । आगामी भदौ १० देखि १५ गतेसम्ममा सबै भातृ तथा शुभेच्छुक संस्थाको जिल्लास्तरीय बैठक बसेर पालिका एवं वडा तहमा प्रतिनिधि खटाई संगठनलाई चलायमान र सुदृढ बनाउन समेत सभापति थेवेले आह्वान गर्नुभयो ।
२५ बढी भातृ तथा शुभेच्छुक संघसंस्थाका सभापति, सचिव तथा प्रतिनिधि सहभागी अन्तरक्रियामा सबैले आ–आफ्नो सांगठनिक संरचनाको वर्तमान अवस्थाबारे बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भटराई, सचिव कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली र जयनारायण शाह, नेपाल महिला संघ उपाध्यक्ष चन्द्रकला भण्डारी र सचिव उर्मिला पोखरेल, ४ नम्बर क्षेत्रीय सभापति अन्जु थपलिया लगायतले आ–आफ्नो धारणा राख्दै राष्ट्रिय राजनीतिक आवश्यकताका आधारमा गठबन्धन जरुरी भएको बताउँदै गठनबन्धनको आवश्यकताबारे सवै जनतालाई बुझाउन जरुरी रहेको बताउनुभयो ।
अन्तरक्रियामा नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारी र सचिव राजकुमारी शेर्पा, नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, तरुण दल झापा अध्यक्ष गोपाल तामाङ, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल, डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारी लगायतले आ–आफ्नो सांगठनिक अवस्थाबारे बताउनुभएको थियो ।
यसैगरी नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरु माछा ब्यापार संघका अध्यक्ष सोनालाल शाह, पशु प्राविधिक संघका अध्यक्ष पदम राई, नेपाल होटल तथा रेस्टुरेन्ट संघका अध्यक्ष सूर्य ढुङ्गेल, दलित संघका सल्लाहकार हरि दियाली, स्वास्थ्यकर्मी संघ झापाका अध्यक्ष नेत्रप्रसाद दाहाल, नेपाल ठाकुर संघका अध्यक्ष राजकुमार ठाकुर, नेपाल किसान संघका अध्यक्ष राजेन्द्रप्रसाद भट्टराई, कृषि श्रमीक संघका अध्यक्ष दिपक काफ्ले, नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कटुवाल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष गंगाप्रसाद संग्रौला, नेपाल मुस्लिम संघका अध्यक्ष अमिन अली शेख, नेपाल निजामति कर्मचारी युनियन संघका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङ, नेपाल तामाङ संघका अध्यक्ष कर्णबहादुर तामाङ, नेपाल प्रजातान्त्रिक महासंघ झापाका उपाध्यक्ष विनोदकुमार कडुवाल, नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघका अध्यक्ष सिरतलाल राजवंशी लगायतले आ–आफ्नो सांगठनिक अवस्थाका बारे बताउनुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
अन्तरक्रियामा सहभागी अधिकांश बक्ताहरुले नेपाली कांग्रेसले जनहितमा गरेका कामहरुको प्रचार–प्रसारमा ध्यान दिनुपर्ने, स्थानीय तह निर्वाचनमा भएका कमिकमजोेरीलाई सच्याएर आसन्न निर्वाचनमा एकजुट हुनुपर्ने, आफ्ना मतदाता सुरक्षित राखेर स्वतन्त्र एवं अन्य दलको मत आफ्नो पक्षमा पार्न सबैले सकारात्मक भुमिका खेल्नुपर्ने, पार्टीको आन्तरिक बैठकमा नेतृत्वका कमजोरी औंल्याउँदै सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममार्फत आलोचना गर्न नहुनेमा जोड दिएका थिए ।
आसन्न निर्वाचनमा सक्रिय बन्न कांग्रेसको आह्वान

































































































