भद्रपुर १ भदौ । नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाले बिजुली बत्ती उपभोग गरे वापत गत आर्थिक वर्षको बक्यौता नतिर्ने उपभोक्ताको लाइन काटेर बक्यौता रकम असुली गरेको छ ।
भद्रपुर शाखाले २०७८/७९ असार मसान्त सम्मको एक आर्थिक बर्षमा बत्ति उपभोग गरेबापतको विद्युतको महशुल नतिर्ने एकहजार ५९० उपभोत्ताको लाईन काटी २ करोड ७५ लाख ३ हजार ४७ रुपैया ९७ पैसा रकम असुल गरेको हो ।
कार्यालयले लाइन काटेर बक्यौता असुल गर्न थालेपछि एकहजार ५९० जना उपभोत्ताहरु मध्ये प्राधिकरणलाई बुझाउनु पर्ने रकम तिरेर एकहजार ३२४ जना उपभोक्ताले पुनः लाईन जोडेका छन् । उक्त रकम लाइन जोड्नेहरुबाट असुल भएको हो । कार्यालयले अझै गत आवको मात्रै अझ २६६ उपभोक्ताबाट बक्यौता उठाउन बाँकी रहेको बताइएको छ ।
बाँकी रहेको ३ करोड बक्यौता रकम पनि चालु आवमा उठाइने कार्यालय प्रमुख धिरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अघिल्लो आ.व.मा २ सय ३९ जनाको लाईन काटी पुनंः जोड्ने २ सय ८१ जनाबाट ९८ लाख ८२ हजार एक सय ५१ रुपैया रकम कार्यालयले अशुल गरेका थियो ।
गत आ.व.को भन्दा २०७८।७९ को असार मसान्तसम्मको एक बर्षमा राजश्वको संख्या बढेको र रकम समेत बढी असुली भएकोे कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।
उहांले कार्यालयले आ.व. २०७८।७९ मा ४७ करोड ९७ लाख २० हजार २३० रुपैया राजश्व संकलन बताइएको छ । अघिल्लो बर्षको तुलनामा यो चारकरोड ५३ लाख ७५ हजार ४४१ रुपैयाँ राजश्व बढी संकलन गरेको प्रमुख यादवको भनाई छ ।
भद्रपुर, हल्दीवारी, कचनकवल, मेचीनगरका वडा नं १४ र १५ तथा विर्तामोड नपाको वार्ड नं ७ ,८ र १० नं वडासहित जम्मा ३० हजार ८०० उपभोक्ता यस कार्यालय मातहतमा रहेका छन् ।
उपभोक्ताबाट बक्यौता रकम असुल गर्दै विद्युत प्राधिकरण भद्रपुर

































































































