बिर्तामोड १ भदौ । झापाको मेचीनगरबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको रजनीगन्धा र सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट एकलाख मूल्य बराबरको रजनीगन्धा नियन्त्रणमा लिएर जिल्ला प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतर्फ लाँदै गरेको लगभग ८० हजार मूल्य बराबरको १२० केजी सुपारी मेचीनगर ६ गैरीगाउँबाट नियन्त्रणमा लिएको हो ।
अवैध रजनीगन्धा र सुपारी प्रहरी नियन्त्रणमा

































































































