भद्रपुर २८ साउन । झापाको भद्रपुर १० स्थित शहिद चौक टोल विकास संस्थाको शनिबार सम्पन्न दोस्रो साधारण सभाले समाजसेवी तथा पूर्व प्रहरी संगठन भद्रपुर झापाका अध्यक्ष ढाकालाल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
भदपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले उपाध्यक्षमा केशबराज कट्वाल , सचिवमा , चन्द्र लम्साल, सह सचिवमा तेजप्रसाद आचार्य, र कोषाध्यक्षमा टिकामाया श्रेष्ठलाई सर्बसम्मत चयन गरेको हो ।
आगामी ३ बर्षे कार्यकालका लागि गठित समिति सदस्यहरुमा क्रमशः ईश्वर कोईराला, राजन अधिकारी, मञ्जु भट्टराई, होमकुमारी पाण्डे ,टेकप्रसाद ढकाल, र दिपा पुरीलाइ सर्बसम्मत चयन गरेको छ ।
कुवेरप्रसाद बरालको अध्यक्षता तथा सचिव केशवराज कट्वालको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खड्का युवा समाजसेवी मुरारी न्यौपाने, हनुमान टोल बिकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी, लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत कमल पाण्डेले गर्नु भएको थियो ।
शहिद चौक टोल विकास संस्थाको अध्यक्षमा ढाकालाल

































































































