HomeFeatured 2डिकमान विरही स्मृति पुरस्कारबाट शिवाकोटी पुरस्कृत, उदियमान श्रेष्ठ र बेघालाई

डिकमान विरही स्मृति पुरस्कारबाट शिवाकोटी पुरस्कृत, उदियमान श्रेष्ठ र बेघालाई

बिर्तामोड २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महतसंघ फाेनिज झापाले २३ ओै स्थापना दिवसकाे अवसर पारेर पुरस्कार वितरण तथा १० ओै बार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।
यस वर्षकाे डिकमान सुनुवार विरही स्मृति बर्षाेत्कृष्ट पत्रकारिता पुरस्कार भीमा शिवाकोटीलाई प्रदान गरिएकाे छ । नारी सञ्चार गृह झापाकी अध्यक्ष, जनआन्दोलन डटकमकी कार्यकारी सम्पादक तथा कञ्चनजंघा एफएमकी कार्यक्रम प्रस्तोता पुरस्कृत शिवाकोटी विगत २० वर्षदेखि रेडियो सञ्चारमाध्यम र अनलाईन पत्रिका मार्फत पत्रकारिता गर्दै आउनु भएको छ । त्यस्तै उदियमान पत्रकारिता पुरस्कारबाट एपीवान टेलिभिजनका झापा समाचारदाता विष्णु श्रेष्ठ र रेडियाे झापामा कार्यरत गंगामाया लिम्बू बेघालाई पुरस्कृत गरिएकाे थियाे ।
पुरस्कृत प्रतिभालाई कार्यक्रमका प्रमुख अतिथि फाेनिजका संघीय उपाध्यक्ष कमन देवानले प्रदान गर्नु भएकाे थियाे ।
पुरस्कृत प्रतिभाकाे शिवाकोटीकाे व्यक्तितब फाेनिज झापाका पूर्व अध्यक्ष तथा पुरस्कार छनाैट समितिका संयाेजक गणेशमान मुखियाले प्रकाश पार्नु भएकाे थियाे ।
फाेनिज झापाका अध्यक्ष भुमिका सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व. डिकमान विरहीकाे व्यक्तित्वबारे पत्रकार रमेश समदर्शीले प्रकाश पार्नुभयाे ।
प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा सचिव डिकेश लामा, नेपाल प्रेस युनियन झापा शाखा अध्यक्ष इन्दु पूर्वेली, प्रेस चाैतारी झापाका अध्यक्ष मनकुमार गदाल, फाेनिजका प्रदेश इन्चार्ज दिपीन राई, नारी सञ्चार गृह झापाकी उपाध्यक्ष रेजिना गाैतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साविना राईले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव तिलक याेञ्जनले गर्नुभएकाे थियाे । कार्यक्रममा फाेनिज झापाद्वारा स्थापित डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार अक्षयकाेषका लागि अध्यक्ष भूमिका सुब्बाले नगद १० हजार रूपैयाँ प्रदान गर्नु भएकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2डिकमान विरही स्मृति पुरस्कारबाट शिवाकोटी पुरस्कृत, उदियमान श्रेष्ठ र बेघालाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img