बिर्तामोड २६ साउन । झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।
झापाको भद्रपुर नगरपालिका ३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । यसै गरी बुधवार बेलुका ७ बजे लागु औषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपानेबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसै गरी बुधवार राती ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टा स्थित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साईकलमा सवार रहेका गौरादह नगरपालिका १ का ३३ बर्षीय भिमबहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो । यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ब्राउनसुगर कारोबारमा संग्लग्न एक भारतिय नागरिक सहित ४ जना पक्राउ

































































































