HomeFeatured 2झाउवाले शान्ति सुरक्षा माग गर्दै प्रजिअलाई बुझायो ज्ञापनपत्र

झाउवाले शान्ति सुरक्षा माग गर्दै प्रजिअलाई बुझायो ज्ञापनपत्र

भद्रपुर २५ साउन । चाडबाड नजिकिँदै गर्दा जिल्लामा बढ्दै गएको चोरीका घटना नियन्त्रण गर्न र आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्न माग गर्दै झापा उद्योग वाणिज्य संघले झापाका प्रमुख जिल्लाा अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार भद्रपुर नगरपालिकालाई बुझाएको ज्ञापनपत्रको बोधार्थ संघले आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाएको हो ।
खासगरी, जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा चोरीका घटना बढ्दै गएकोले आवश्यक सुरक्षा व्यवस्थाको मागसहित भद्रपुरका उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्दै संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा आज ज्ञापनपत्र बुझाएको कार्यालय संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष खड्क लिम्बूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ रिजाल र प्रहरी उपरीक्षक विश्वमणि पोखरेललाई बुझाएको थियो । टोलीमा उपाध्यक्ष सन्तोष धमला, उद्योग सचिव सञ्जय श्रेष्ठ, महिला सदस्य कमला दुवाडी, शीला तामाङ, सदस्य बाबुराम पराजुलीको सहभागिता थियो ।
ज्ञापनपत्रमा भनिएको छ– ‘झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन्, विभिन्न कारणले निरन्तर व्यवसाय खस्कँदो अवस्थामा रहँदा आर्थिक रुपमा समस्या भोग्दै आएका उद्योगी–व्यवसायी एकपछि अर्को चोरीका घटनाले थप आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् एकातिर भने अर्कोतिर व्यक्तिगत तथा व्यावसायिक असुरक्षा पनि बढेको छ, लगातार दिनदहाडै चोरीका घटना भइरहनुले भद्रपुर क्षेत्रमा सुरक्षा व्यवस्थाको कमजोरीलाई उजागर गर्दछ । भद्रपुर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाएर उद्योगी–व्यवसायीलाई भयरहित ढंगले उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने सामान्य अवस्थामा पनि व्यापार–व्यवसाय नचलेर पीडा भोगिरहेका उद्योगी–व्यवसायी व्यवसाय छोडेर पलायन हुनसक्ने तर्फ पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झाउवाले शान्ति सुरक्षा माग गर्दै प्रजिअलाई बुझायो ज्ञापनपत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img