HomeFeatured 2राप्रपाले बिर्तामोड नगरलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र

राप्रपाले बिर्तामोड नगरलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र

बिर्तामोड २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसरोकारका विभिन्न १३ बुँदे माग राख्दै बिर्तामोड नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिर्तामोडबासीका समस्या समेटिएको ध्यानाकर्षण पत्र क्षेत्र नं. २ प्रदेश क का अध्यक्ष रञ्जु प्याकुरेल र शंकर रिजालले बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईलाई बुझाएका हुन् ।
राप्रपाले प्रतिलिपी शुल्क, जन्मदर्ता, बिबाह दर्ता, सामाजिक सुरक्षा कार्ड निःशुल्क दिने व्यवस्था गर्नुपर्ने, लामो समयदेखि फोहोर उठ्न नसक्दा शहर दुर्गन्धित भएर रोगको प्रकोप बढ्ने संभावना बढेको अवस्थालाई प्राथमिकतामा राखेर चाँडो फोहोर हटाउनु पर्ने, फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने, नगरमा सार्वजनिक शौचालयको तत्काल व्यवस्थापन गर्नुपर्ने, नगर अस्पताललाई अत्यावश्यक सुविधा सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्नुपर्ने माग अघि सारेको छ ।

No description available.


त्यसैगरी संस्थागत विद्यालयको शुल्क अनुगमन गरी उचित शुल्क निर्धारण गर्नुपर्ने, हावाहुरीले नष्ट गरेको धानबालीको किसानलाई क्षतिपूर्तिको रकम तुरुन्त दिनुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज गर्न जेष्ठ नागरिक तथा असक्तलाई घरघरैमा पुर्याउने व्यवस्था गर्नुपर्ने, नगर क्षेत्रभित्र बढेका लागू पदार्थ दुव्र्यसनी निरुत्साहित गर्न जनमुखी कार्यक्रम लागु गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
स्थानीय सरकारले नागरिकको हक अधिकारलाई सुरक्षित गर्नुका साथै समान न्यायको प्रत्याभूति गराउनु पर्नेमा ध्यान दिंदै पार्टीले ध्यानकषर्ण पत्र बुझाएको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।
अध्यक्षद्वय प्याकुरेल, रिजाल, केन्द्रीय सदस्य शारदा रिजाल लगायतको नेतृत्वमा राप्रपाका नेता कार्यकर्ताहरु नगरपालिका पुगेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राप्रपाले बिर्तामोड नगरलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img