Homeसमाचारझापामा तीनवर्षमा ८७२ ले रोजे इच्छामरण

झापामा तीनवर्षमा ८७२ ले रोजे इच्छामरण

कचनकवल । गत साउन ८ गते झापाको कचनकवलमा एउटै रुखमा झुन्डिएको अवस्था ३ किशोरीहरुको शब भेटियो । एउटै रुखमा फरक फरक परिवारका तर एकै उमेर समूहका किशोरीहरुको आत्महत्याले स्थानीयदेखि जिल्लाका नेताहरुको समेत ध्यान खिच्यो ।
फलस्वरुप पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलादेखि एमाले, माओवादी केन्द्र लगायतका दलका नेताहरु किशोरीका घर गाउँ पुगे ।
सुरक्षा निकाय अझै पनि अनुसन्धानमै क्रममा गाउँमै रहेको बताइएको छ । आत्महत्या नै हो भन्नेमा शंका नरहेपनि आत्महत्या गर्नुपर्ने कारण चै के हुन सक्छ ? भन्ने कारणको खोजीमा जिल्ला प्रहरी कार्यालय झापा, प्रदेश प्रहरी कार्यालय पनि स्थानीय ठाउँमा पुगेको छ भने नेताहरुले समेत उक्त घटनाका विषयमा चासो देखाएका छन् ।
सामुहिक मृत्युको पछाडि कुनै न कुनै कारण हुनेतर्फ संकेत गर्दै जिल्ला प्रहरी प्रवक्ता बसन्त पाठकले भने–‘रिजन त हुन्छ नै तर पत्ता लगाउन गारो भयो ।’ उनले थपे–‘कारण खोजीरहेका छौं, अनुसन्धान जारी, प्रदेश प्रहरी कार्यालयले टेक्निकल इन्भेष्टिकेशन पनि भइरहेको छ, तर मर्ने मरेर गइहाले, बाँच्नेले पनि केही अनुमान गर्न सकिरहेको अवस्था छैन ।’
प्रवक्ता पाठकका अनुसार मृत्युको कारण खोज्ने क्रममा फरेन्सिक टेष्टका लागि काठमाडौंमा समेत पठाइएको छ । अब मोवायल ट्यापिङ समेत गरिने बुझिएको छ ।
एकैपटक, तीन÷तीन जनाले आत्महत्या कति संभव छ र त्यसको कारण के हो ? कांग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको समेत सामुहिक मृत्युको कारण के हो भन्ने खुल्दुली मेटिएको छैन । सिटौलाले भने–‘दर्दनाक दृश्य, देख्दा पनि डर लाग्ने ? अचम्म लाग्दो छ ।’
मृत्युको कारण आत्महत्या हो भन्ने कुराको विकल्प नरहेको जिल्ला प्रहरी प्रवक्ता पाठकले बताउँदै भने–‘एउटै फेमिली, माया प्रेममा परेका केटाकेटीले सामुहिक आत्महत्या गरेका घटना भएपनि फरक फरक परिवारका सदस्यहरुको सामुहिक आत्महत्या आजसम्म सुनिएको थिएन, संभवतः यो नेपालकै पहिलो घटना हुनुपर्छ ।’
कचनकवल गाउँपालिका ५ को दल्लेगाउँ नजिकै रहेको सुनकोसी चिया बगान नजिकको झिङखोला किनारको बयरको रूखमा सोही स्थानका पञ्चम् गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पना कुमारी आइतबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
झापामा पछिल्लो तीन वर्षमा आठसय १४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७÷०७८ मा १० वर्षकी बालिका र ९३ वर्षीया बृद्धाले पनि आत्महत्या रोजेका थिए ।
२०७६÷०७७ मा कुल २२३ जनाले आत्महत्या रोजेका थिए भने अघिल्लो वर्षको तुलनामा ११२ जनाले बृद्धि हुँदै आव २०७७÷०७८ मा आत्महत्या रोज्नेको संख्या ३३५ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी गत आवमा ३१४ जनाले आत्महत्या रोजेको पाइएको छ । आत्महत्या स्वेच्छिक मृत्यु भएपनि नेपालमा स्वेच्छिक मृत्युले बैधता पाउन सकेको छैन भने समाजले पनि हेयभावले हेर्ने मानसिकता हटिसकेको छैन । यति हुँदा पनि यति धेरै मानिसहरुले किन स्वेच्छिक मृत्यु रोजिरहेका छन् ? कारण खोज्न र त्यसलाई रोक्नका लागि राज्यको ध्यान केन्द्रित हुन जरुरी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा तीनवर्षमा ८७२ ले रोजे इच्छामरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img