काठमाडौं । पत्रकारको तोकिएको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।
युनियनको नवौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको काठमाडौंमा सम्पन्न पहिलो बैठकले तोकिएको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्दै विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुर्नवहाली गर्न सम्बन्धित सञ्चार गृहको ध्यानाकर्षण समेत गराउने भएको छ ।
न्यूनतम पारिश्रमिक बृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय भएको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रेस तथा अभिव्यक्ति सहित सञ्चार स्वतन्त्रता सुनिस्चित गर्न, आम सञ्चार छाता ऐन निर्माण गर्न, पूर्ववर्ती सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकार समक्ष आग्रह गर्दछौं । श्रमजिवी ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराइएको छ ।
नागरिक अधिकारको सुरक्षा, लोकतन्त्रलाई सवल, सुदृढ बनाउन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सञ्चार माध्यम र सञ्चारकर्मीलाई परिचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बाग्मती प्रदेशको हेटौडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट अध्यक्ष लम्सालको नेतृत्वमा ११७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
बैठकले युनियनको बिनियमावली बनाउन छुट्टै समिति गठन गरेको छ । उपाध्यक्ष भिष्म ओझाको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष जीवन भण्डारी, उपमहासचिवद्धय युवराज गौतम, सुलोचना गौतम र केन्द्रीय सदस्य मित्र भण्डारी रहेका छन् । समितिमा दुई अधिवक्ता पछि मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
युनियनको महाधिवेशनले विधानमा धेरै हेरफेर गरेकाले त्यसलाई थप व्याख्या गर्न विनियमावली संशोधन गर्नु परेको युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।
निष्कासनमा परेका पत्रकार पुर्नबहाली गर्न युनियनले ध्यानाकर्षण गराउने

































































































