भद्रपुर १५ साउन । शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०७९ को सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले बृहत रक्तदान कार्यक्रम सहित अन्तर कार्यालय हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाइ पुरस्कृत गरेको छ ।
संगठनको कार्यालय चन्द्रगढीमा आइृतबार सम्पन्न कार्यक्रममा उत्कृष्ट सहभागि २१ वटा कार्यालयहरु मध्यबाट प्रथम द्धितिया, तृतीया र सान्त्वना स्थानमा विजयी हुने कार्यालय तथा सहभागि कर्मचारीहरुलाई प्रमाण पत्र सहित नगद क्रमश १५ हजार, १२ हजार, ९ हजार र ६ हजार नगदले पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ प्रदेश सांसद बसन्त बानिया, संगठन अध्यक्ष केदार पोखरेल, सहकारी अध्यक्ष बशिष्ठ अधिकारी लगायतले सो पुरस्कार प्रदान गर्नु भएको थियो ।
गत असार १८ गते देखि सञ्चालित प्रतियोगितामा पछिल्लो पटक साउन १४ गते छनौट भएका प्रथम हुने कार्यालय बाह्रदर्शी गाउँपालिका, द्वितिया हुने जिल्ला हुलाक कार्यालय , तृतीया हुने भुमीसुधार तथा मालपोल कार्यालय र सान्त्वना स्थानमा ल्याउन सफल कनकाई नगरपालिका झापालाई नगद सहित प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरिएको थियो ।
सो अवसरमा संगठन स्थापनाको दिन पुरस्कार प्रदान गर्ने गरी स्वर्गिय प्रमोद तामाङ्ग स्मृती अक्षयकोष द्वारा वितरण गरिने उत्कृष्ट राष्«ट्र सेवक र सुशासन पत्रकारिता पुरस्कारबाट यस बर्ष पुरस्कृत हुने पत्रकार गोपाल झापाली, उत्कृष्ट राष्ट्र सेवक कर्मचारीहरु दामोदर घिमिरे र बोजप्रसाद दुलालको नाम समेत घोषणा गरिएको थियो ।
रक्तदान कार्यक्रममा १ जना महिला सहित ४३ जनाले रक्तदान गरेका थिए । केदार पोखरेलको अध्यक्षता तथा संगठन सहसचिव इन्द्रहरी भट्टराईृको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष बशिष्ठ अधिकारी गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बानिया, संगठन प्रदेश नं १ इन्चार्ज लक्ष्मी गुरागाई, साजन अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसमा रक्तदान र हाजिरी जवाफ

































































































