HomeFeatured 2टोल बिकास संस्थासम्म समान न्यायको पहूंच पुर्याउन जाेड

टोल बिकास संस्थासम्म समान न्यायको पहूंच पुर्याउन जाेड

भद्रपुर । झापाका सबै स्थानीय तहका वार्ड तथा टोल बिकास संस्थाहरु सम्म समान न्यायको पहूंच पुर्याउनु पर्ने झापाको बताएका छन् ।
चन्द्गढीमा शुक्रवार आयोजीत कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
कानुनी परामर्श केन्द्र ल्याक झापाको आयोजनामा न्यायमा पहुंच अभिबृद्धिका लागि सरोकारवाला संगको समन्वयात्मक बैठकमा सहभागिहरुले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै भद्रपुर वार्ड नं ७ र १० का वार्ड अध्यक्षहरु टेकबहादुर खड्का काजी र अभिषेक ढुङ्गानाले वडामा शिक्षित र सम्पन्न परिवार भित्रबाट अंश बण्डा र सम्बन्ध बिच्छेद गरी जस्ता निवेदनहरु लिएर महिला तथा पुरुष दबै पक्ष आउने गरेको बताउनु भयो ।
उहांहरुले अधिकांश शिक्षित र पहुंचवाला महिलाहरु नै घरेलु हिंसामा परेको उजुरी लिएर वडामा आउने गरेको बताउदै अन्यायमा पर्ने बास्तविक गरिब र अशत्तले न्यायलयसम्म आउन नसकेकाले न्यायलय आउने बातावरण बनाईनु पर्नेमा जोड दिनुभयो ।
अपाङ्ग संघ झापा अध्यक्ष ऋषि चापागाइले सहार विहिनलाई संघले उचित न्याय दिन समस्या भएको बताउनु भयो ।
कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कर्की, , हल्दिवारी गांउपालिका उपप्रमुख लक्ष्मी मैनाली ,एकल महिला झापा अध्यक्ष रेखा अधिकारी , कानुन व्यावसायी यज्ञलक्ष्मी चौम्लगाई , झापा बारका अध्यक्ष हरी अधिकारी , साना हातहरु नेपाल भद्रपुर शाखा इन्चार्ज बिक्रम वाग्ले ,भद्रपुर नगरपालिका न्यायीक शाखाका कर्मचारी राजेन्द्र ढकाल लगायतले आफना जिज्ञासा हरु राख्नु भएको थियो ।
अन्जना खनालले बैठकको उदेश्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता रक्षा रिसाल र संचालन परामशृ केन्द्र झापा संयोजक उमा कार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा ल्याकका कानुन अधिकृत दिपेन्द्र भट्टराई ,प्रहरी सहायक निरिक्षक साजन प्रसाई, सरकारी वकिल कार्यलयकी सहायक न्यायधीबत्ता सरिता कट्टेल लगायतका सरोकारवालाको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2टोल बिकास संस्थासम्म समान न्यायको पहूंच पुर्याउन जाेड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img