Homeसमाचारझापामा चार्टर्ड एकाउन्टेन्टहरू संगठित, अध्यक्षमा सुशील

झापामा चार्टर्ड एकाउन्टेन्टहरू संगठित, अध्यक्षमा सुशील

बिर्तामाेड । संख्या बढ्दै गएपछि झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु संगठित भएका छन् ।
झापाको विर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टस्हरुको सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेको हो ।
१ नं प्रदेशकै पहिलो चार्टर्ड एकाउन्टेन्ट्स झापा बिर्तामोड निवासी
सुशीलकुमार अग्रवालको नेतृत्वमा संघ गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम वस्नेत र कोषध्यक्षमा राहुल साहेवाला हुनुहुन्छ भने श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समिर संग्रौला सदस्य हुनुहन्छ ।
पेशागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्राविधिक विकासका बारे अन्तरक्रियात्मक ढंगले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्ने गरी झापामा संघ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताउनु भयो ।
अग्रवालकै अध्यक्षतामा आयोजित भेलाको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष अग्रवाललाई पाण्डेले सपथ खुवाउनुभएको थियो भने कार्यसमितिका अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष अग्रवालले सपथ गराउनु भएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै प्रमुख अतिथि पाण्डेले चार्डर्ड एकाउन्टेन्टस्हरुको संख्यामा गुणात्मक बृद्धि हुँदै गएकोले देशैभरि यसको सञ्जाल विस्तार गर्न थालिएको बताउनु भयो । उहाँले उद्योग–व्यवसाय क्षेत्रमा कर प्रणाली र लेखा प्रणालीको अहम् र महत्वपूर्ण भूमिका रहने भएकोले यी विषयमा स्वयम् उद्योगी–व्यवसायी पनि जानकार हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संघका केन्द्रीय सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सार प्रमुुख केशवराज ओली, संघको प्रदेश नं १ का प्रमुख मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायते शुभकामना मन्तव्य राख्दै संघले कर तथा लेखा प्रणालीको आवश्यकता र महत्वलाई थप उजागर गर्न सक्रिय भुमिका निार्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा आर्थिक ऐन २०७९ र नेपाल राष्ट्रबैंकले भरखरै सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा अन्तरक्रियात्मक चर्चा गरिएको थियो । आर्थिक ऐनका सम्बन्धमा अर्थविज्ञ शेषमणि दाहालले प्रस्तुति दिनुभएको थियो भने मौद्रिक नीतिका सम्बन्धमा एक्सेल डेभलपमेन्ट बैकका कार्यकारी प्रमुख इन्द्र कट्टेल र बैंकर्स एशोसिएशन झापाका अध्यक्ष सुवास श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो ।
यसपटकको मौद्रिक नीति कसिलो भएकोले उद्योगी–व्यवासायीका लागि केही चुनौतीपूर्ण रहेको औंल्याइएको थियो ।
सहभागी उद्योगी–व्यवसायीले भने यसपटकको मौद्रिक नीतिले उद्योग–व्यवसाय नराम्ररी प्रभावित हुनसक्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा चार्टर्ड एकाउन्टेन्टहरू संगठित, अध्यक्षमा सुशील
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img