झापा श्रावण १२ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय विरतामोडले झापा भद्रपुर ८ का विमित मृतक सुदेश कुमार राईका परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दावी रकम भुक्तानी गरेको छ ।
भद्रपुर नगरपालिकाका वडा नं ८ को कार्यलयमा आयोजना गरिएको एक कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र कम्पनीका मुख्य प्रवन्धक तथा क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले संयुक्त रूपमा मृतक राईका श्रीमती रूविना तामाङलाई ५० लाखको विमांक रकम र बोनस २ लाख ५५ हजार गरी सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले विमा कम्पनीहरुले मृत्यु दावी भुक्तानी अवश्य गर्छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको बताउँदै सहज र सरल ढंगले दावी रकम भुक्तानी गरेकोमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीलाई आभार र मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो । त्यस्तै उपप्रमुख कार्कीले प्रत्येक व्यक्तिले आफ्नो आय अनुसारको विमा गरे अकस्मात घटना घटेमा परिवारलाई विमा रकमले राहत पुर्याउने बताउदै विमाको महत्व बुझाउन जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा अध्यक्ष गौरव सुब्बाले सहज र सरल ढंगले दावी भुक्तानी गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्दै कम्पनी प्रति नागरिकको विश्वास बढ्दै गएको बताउनुभयो ।
कम्पनी मुख्य प्रवन्धक तथा क्षेत्रीय प्रमुख श्रेष्ठले व्यक्ति मृत्यु अपुरणीय क्षतिको भरपाई नभए पनि विमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुर्याउने बताउनुभयो । श्रेष्ठले विमाको महत्व बुझेर समयमै प्रत्येक व्यक्तिले आफ्नो आय अनुसारको जीवन विमा गरी भविष्य हुने जोखिम कम गर्न सबैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा कम्पनी सहायक प्रवन्धक राजकुमार सिजापति , काकडभिट्टा प्रमुख अस्मिता लिम्बू, भद्रपुर अन्डर राईटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रिता कार्की, निशा फुयाल , अभिकर्ता , स्थानीय सामाजिक अगुवा व्यक्तित्वहरू र पत्रकारहरु लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन क्षेत्रीय कार्यालय जुनियर अफिसर अखिलेश्वर बोहराले गर्नु भएको थियो भने संयोजन काकडभिट्टाका पुर्व शाखा प्रमुख याम खड्काले गर्नु भएको थियो।
गुराँसद्वारा ५२ लाख ५५ हजारको मृत्यु दावी भुक्तानी

































































































