Homeसमाचारकोरोना विरुद्ध स्वास्थ्य सतर्कता अपनाउन नेता सिटौलाको आग्रह

कोरोना विरुद्ध स्वास्थ्य सतर्कता अपनाउन नेता सिटौलाको आग्रह

भद्रपुर ११ साउन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोभिड संक्रमण बढ्न थालेसंगै सतर्क रहन आग्रह गर्नुभएको छ ।
केही दिनयता झापामा रहनु भएका नेता सिटौलाले पछिल्लो समय कोभिड संक्रमण बढ्नुका साथै मृत्यु समेत हुन थालेको तर्फ सचेत गराउँदै स्वास्थ्य सतर्कता अपनाएर मात्र बाहिर हिड्न सुझाव दिनुभएको छ ।
झापाको भद्रपुरस्थित आफ्नै घरमा बस्नु भएका सिटौलाले भेटघाटका लागि आउने कार्यकर्ता, शुभेच्छुक तथा आफन्तलाई स्वास्थ्य सतर्कता अपनाएर मात्र हिड्न सुझाउनु भएको हो ।
संक्रमण बढिरहँदा पनि जनस्तरबाट स्वास्थ्य सावधानीमा बेवास्ता भएपछि कोरोना तीव्र बन्दै गएको छरु। संक्रमितमा गम्भीर समस्याका घटना कम भए पनि दैनिक संक्रमण अत्यधिक बढेको छ। १ साउनमा एक सय ३५ मा संक्रमण भएकोमा १० दिनपछि मंगलबार ६ सय ३८ मा संक्रमण पुष्टि भएको छ, यो तथ्याङ्क झन्डै पाँच गुणा बढी हो ।
१ साउनमा तीन हजार ४१ नमुना परीक्षणमा एक सय ३५ को पोजिटिभ आएको थियो, जुन ४.४३ प्रतिशत हो । तर, मंगलबार ५ हजार ५५ नमुना परीक्षण गर्दा ६ सय ३८ को पोजिटिभ आएको तथ्याङ्क सार्वजनिक भएको छ । जुन १२.६२ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितमध्ये ६७ प्रतिशत काठमाडौं उपत्यकाका छन् । ५५ प्रतिशत काठमाडौं जिल्लाका मात्रै छन् । मंगलबारसम्म देशभर सक्रिय संक्रमित तीन हजार सात सय १४ रहेकामा काठमाडौं जिल्लाका मात्रै दुई हजार ४० रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना विरुद्ध स्वास्थ्य सतर्कता अपनाउन नेता सिटौलाको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img