Homeट्राफिक प्रहरी बीटको उद्घाटन

ट्राफिक प्रहरी बीटको उद्घाटन

भद्रपुर ३ साउन । झापाको सदरमुकाम भद्रपुर १० विपी चोक चन्द्रगढीमा संभावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले निर्मित ट्राफिक प्रहरी बीटको मंगलवार आयोजित कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
स्थानीय सामाजसेवी गोविन्द लम्सालको अगुवाईमा प्रदेश सरकारको ५ लाख १९ हजार ८ सय १७ रुपैयाको लागतमा सिद्धार्थ चोकको चौतारो सहित सम्पन्न वीटको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उद्घाटन गर्नु भएको थियो ।
स्थानीय समाज भद्रपुर १० को आयोजनामा सम्पन्न कार्यक्रममा बीट यहि असार १० गते शुरु गरेर २५ गते सम्पन्न गरिएको थियो । सो अवसरमा बीट निर्माण कार्यका लागि आर्थिक सहयोग जुटाउन सहयोग गर्ने स्थानीय व्यक्ति तथा प्रदेश अर्थ मन्त्रालय प्रदेश नं १ का प्रदेश सहसचिव सुमन दाहाललाई दोसल्ला ओडाउनुका साथै नेपाली ढाका टोपी लगाएर सम्मान समेत गरिएको थियो ।
समाजेवी अगुवा लम्सालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सम्मानित व्यक्ति दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मी, बरिष्ठ अधिवक्ता लेखनाथ निरौला, हरिकिसोर आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्कमा काजीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजन न्यौपाने र स्वागत मन्तव्य सोही स्थानमा रहेको दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रिमालले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
ट्राफिक प्रहरी बीटको उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img