Homeसमाचारविद्युत आपूर्ति सहज बनाउन माग गर्दै तरुणद्वारा ज्ञापन पत्र

विद्युत आपूर्ति सहज बनाउन माग गर्दै तरुणद्वारा ज्ञापन पत्र

सुरुङ्गा १ साउन । विद्युत आपूर्ति सहज बनाउन माग गर्दै नेपाल तरुण दल कनकाई नगर समितिले नेपाल विद्युत प्राधिकरण सुरुङ्गा शाखामा ज्ञापनपत्र बुझाएको छ ।
तरुण दलका अध्यक्ष सरोज भेट्वालको नेतृत्वमा प्राधिकरणको सुरुङ्गा शाखामा पुगेको प्रतिनिधि मण्डलले शाखा प्रमुख रञ्जित विष्टलाई ज्ञापन पत्र बुझाएको हो ।
विद्युत आपूर्तिमा देखिएको लापरवाहीका कारण जनजीवन कष्टकर भएको भन्दै ज्ञापन पत्रमा विद्युत अनियमितताले स्थानीयबासी मर्माहत एवं आक्रोशित बनेको उल्लेख छ ।
विद्युत समस्या यथाशिघ्र समाधान गर्न ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा समस्या समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझिसकेपछि शाखा प्रमुख विष्ट र तरुण दलको टोली कनकाई नगरपालिकाको कार्यालय पुगेका थिए ।
विद्युत आपूर्ति नियमितताको माग गर्दै नगरपालिका पुगेसंगै नगरप्रमुख राजेन्द्र पोखरेलले प्राधिकरणका प्रमुख कुलमान घिसिङसंग समस्या राखेको बताइएको छ । सो क्रममा घिसिङले आफू केही दिन देशबाहिर रहेको जानकारी गराउँदै स्वदेश फर्किए लगत्तै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको नगर प्रमुखले आफूहरुलाई जानकारी दिएको अध्यक्ष भेटवालले जानकारी दिनुभयो ।
यसअघि बर्षौदेखि अनारमनी विद्युत प्रशारण फिडरबाट विद्युत सप्लाई हुँदै आएकोमा केही समयअघि बिर्तामोडतर्फको लाइन काटेर पाडाजुँगीस्थित प्रशारण फिडरबाट विद्युत सप्लाई हुन थालेपछि समस्या आएको स्थानीयको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविद्युत आपूर्ति सहज बनाउन माग गर्दै तरुणद्वारा ज्ञापन पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img