बिर्तामाेड ११ साउन । झापाकाे विर्तामोडमा आयाेजित एक कार्यक्रमका बीच महिला उद्यमीहरूसंग कर सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ ।
नेपाल उद्यमशिल महिला संघकाे आयाेजना तथा आन्तरिक राजस्व कार्यालय झापाकाे सहयाेगमा सञ्चालित कर शिक्षा तथा सम्बन्धि अन्तरक्रियामा झापाका विभिन्न ठाउँमा बसेर उद्यम गरिरहेका महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।
उद्यमशिल महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाेल्दै बिर्तामाेड नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति पवित्रा महतारा प्रसाईंले कर तिर्नु नागरिकको दायित्व रहेकाे बताउनु भयाे ।
कर व्यवहारिक हुनुपर्नेमा जाेड दिंदै करलाई तिर्दिन भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताउनु भयाे । धनाड्यहरूले कर तिर्न नमान्ने गरेकाे उल्लेख गर्दै मध्यम खालमा मानिसहरूकाे करमा बढी सहभागिता रहेकाे उहाँकाे भनाइ थियाे। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभप्रसाद रिजालले करलाइ डर नभइ भर मान्न आग्रह गर्नु भएकाे थियाे ।
कर किन तिर्ने ? किन तिर्ने ? कर तिर्दा हुने फाइदा, करकाे दायरा लगायतका विषयमा छलफल भएकाे थियाे । कर तिर्न र हिसाब राख्न पनि करबारे सामान्य जानकारी समेत नहुँदा महिला उद्यमीलाइ सकस हुँदै आएकाे बताउनु भयाे ।
कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष नैनकला भट्टराई, चेम्बर अफ कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली, जिल्ला लघु उद्यम झापाका अध्यक्ष निर्मला चाैहान, विष्णु मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासचिव यशाेदा प्रसाईं भट्टराईले सञ्चालन गर्नु भएकाे कार्यक्रममा स्वागत चन्द्रा पाेखरेल भट्टराईले गर्नु भएको थियाे ।
उद्यमी महिलालाई कर सम्बन्धि शिक्षा

































































































