बुद्धशान्ति ३१ असार । झापाको बुद्धशान्ति गाउँपालिकाका अब्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा विवरण गरिएको छ ।
बुद्धशान्ति गाउँपालिकाले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच व्यवस्थीत बसोबासी बुद्धशान्ति २ का २८ परिवारलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बुद्धशान्ति वडा नं. २ का २८ परिवारलाई जग्गा धनीपूर्जा प्रमाण पत्र वितरण गरिएको हो ।

धनीपूर्जा वितरण गर्दै प्रमुख अतिथि निरौलाले धनी पूर्जा वितरण कसैको राजनीतिक श्रेयका लागि नभइ संवैधानिक हक अनुसार भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले विगतमा जस्तो यो पटक वितरण गरिएका धनीपूर्जा बतासे नहुने प्रतिवद्धता समेत प्रतिवद्धता जनाउनु भयो ।
विशिष्ट अतिथि संविधानसभा सदस्य दिपक कार्कीले भूमि सम्बन्धी कानून २०२१ को छैटौं संसोधित कानून आयोग बनेको जानकारी दिंदै कार्कीले सरकार फेरिएपनि केही समस्या नहुने बताउनु भयो ।

अर्का विशिष्ट अतिथि नेपाली कांग्रेस प्रदेश १ सभापति उद्वव थापाले अव्यवस्थित भूमि देशकै ठूलो समस्या रहेका उल्लेख गर्दै समस्याकारूपमा रहेको भूमि सम्बन्धि समस्या समाधानका लागि प्रारम्भ भएको प्रति खुशी व्यक्त गर्नुभयो । धनीपुर्जा वितरणको श्रेय लिन यो दल वा उ दल भन्न नहुने उल्लेख गर्र्दै थापाले भन्नुभयो–‘समस्या समाधानका लागि आयोगलाई सबैले सहयोग गर्न अपल गर्दै जग्जा समस्या समाधानमा कसैले पनि राजनीतिक चस्माले हेर्न हुँदैन ।’
झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, जिल्ला समन्वय समितिका संयोजक विश्व बराल लगायतको उपस्थिति रहेको कार्यक्रममा
भूमि आयोग झापा जिल्ला अध्यक्ष तीलकसिह पाण्डे, नेकपा एमाले १ नं. प्रदेश समिति सचिव चिन्तन पाठक, नेपाली कांग्रेस झापाका उपसभापति केशव पाण्डे, नेकपा माओवादी केन्द्रका प्रतिनिधि बोधराज दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाले गर्नुभएको थियो ।

































































































