भद्रपुर २९ असार । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ ।
मोवायल चोरेको भन्ने खबर सुन्नासाथ खोजीका लागि परिचालन भएको प्रहरीले प्यारेका घरबाट उक्त परिणामको गोलीसहित १ थान मोवायल, मोवायलको २७ थान चार्जर फेला परेको प्रहरीले जनाएको छ ।
यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसलभित्र रहेका बिभिन्न कम्पनीका २९ थान मोबायल, २ थान घडी नगद रु ६१ हजार पाँचसयसहित ५ लाख १८ हजार दुईसय मूल्य बराबरको चोरी भएको भन्ने जानकारी आएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

































































































