Homeसमाचारमल, बिउ नपाएको भन्दै किसान महासंघद्वारा बिर्तामोडमा राँके जुलुस

मल, बिउ नपाएको भन्दै किसान महासंघद्वारा बिर्तामोडमा राँके जुलुस

बिर्तामोड २६ असार । धान बाली लगाउने मध्य असारसम्ममा पनि किसानले रासायनिक मल नपाएको भन्दै नेकपा एमाले निकट किसान महासंघ झापाको अगुवाईमा बिर्तामोडमा बिरोध स्वरुप राँके जुलुस प्रदर्शन गरिएको छ ।
किसान महासंघ झापाको अगुवाईमा भएको विरोध कार्यक्रममा नेकपा एमालेका झापा इन्चार्ज तथा पूर्वमन्त्री अग्नी खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । विर्तामोडको मुख्य सडकमा जुलुस प्रदर्शन पछि आयोजित कोणसभालाई पूर्वमन्त्री खरेल, प्रदेश इन्चार्ज घिमिरे, किसान महासंघका जिल्ला अध्यक्ष गोपाल चुडाल लगायतले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले खेती लगाउने बेलामा किसानले मल, बिऊ नपाउनु सरकारको कमजोरी भएको औल्याए ।
आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित बजेटले किसानलाई उचित सम्बोधन गर्न नसकेको भन्दै सहभागीले आक्रोस व्यक्त गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमल, बिउ नपाएको भन्दै किसान महासंघद्वारा बिर्तामोडमा राँके जुलुस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img