बिर्तामोड २६ असार । राेटरी क्लब अफ बिर्तामाेड र राेट्रयाक क्वल अफ बिर्तामोडकाे पदस्थापन सम्पन्न गरिएकाे छ । राेटेरियन पास्ट डिस्ट्रिक सन्ताेष रिजालकाे प्रमुख आतिथ्य र सन् २०२२/२३ का राेटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमलीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम राेटरी क्लब अफ बिर्तामोडका राेटरी क्लब अफ बिर्तामोडका अध्यक्षलाई प्रमुख अतिथि रिजाल र राेट्रयाक क्लवका अध्यक्ष बसन्त ढकाललाई प्रभात मास्केले सफथ ग्रहण गराउनु भएकाे थियाे। अध्यक्षद्वयले आ आफ्ना क्लबका पदाधिकारी तथा सदस्यलाई सफत ग्रहण गराएका थिए । पदभार ग्रहणसंगै अध्यक्ष विमलीले अन्तराष्टियस्तरका काम गर्ने बताउदै शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्ने, वृक्षारोपण राेपण तथा मानवीय सेवाका क्षेत्रमा काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । डा. सन्ध्या राठी र राेट्रयाक्ट क्लब अफ विर्तामोडमा सचिव प्रज्वल विमलीले सञ्चालन गरेकाे कार्यक्रममा प्रमुख अतिथि रिजाल, राधिका गुरूङ, बिबेक श्रेष्ठ लगायतले शुभकामना मन्तवय राखेका थिए । मीन प्रकाश मैनालीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रममा २०२१/२२ का अध्यक्ष नवीन गट्टानीले संस्थाले गरेका कामहरूबारे जानकारी गराउनु भएकाे थियाे । देशवासी, राेटरेरियन तथा विश्वशान्तिकाे कामना निकिता गिरीले देशवासी, राेटेरियन तथा प्रकृति, पर्यावरण र जीवकाे शान्तिकाे कामना वाचन गराएकाे कार्यक्रममा मिनप्रकाश मैनालीले धन्यवाद ज्ञापन गरेमा थिए ।

































































































