HomeFeatured 2कांग्रेसका संस्थापक नेता कोइरालाको ४१ औं स्मृति दिवसको तयारी

कांग्रेसका संस्थापक नेता कोइरालाको ४१ औं स्मृति दिवसको तयारी

बिर्तामोड २६ असार । नेपाली कांग्रेसका संस्थापक नेता एवं आधुनिक नेपालका परिकल्पनाकार महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस विविध रचनात्मक कार्यक्रमका साथ झापाका १५ वटै पालिकामा मनाइने भएको छ ।
नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ/नगर सभापतिहरुको संयुक्त बैठकले गाउँ/नगर पालिका तहमा रक्तदान, बृक्षरोपण, बिचार गोष्ठी लगायतका विविध रचनात्मक कार्यक्रम गरी विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले उक्त कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न गाउँ/नगर पालिकामा जिल्ला प्रतिनिधि समेत तय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।


बैठकले झापाको चन्द्रगढीस्थित वी.पी.को शालिकमा विहान ८ बजे माल्यार्पणसहित कोणसभा राख्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिनुभयो । यसैबीच बैठकले मेचीनगरमा राम कट्टेल, बुद्धशान्तिमा राजकुमार बराइली, अर्जुनधारामा केशवराज पाण्डे, विर्तामोडमा सुधिरकुमार शिवाकोटी, कचनकबलमा कालेन्द्रप्रसाद सिंह राजवंशी, भद्रपुरमा नवीन विमली र गणेश पोखरेल, हल्दिबारीमा भुमीराज राई, बाह्रदशीमा हुकुमसिंह राई र भुमीप्रसाद राजवंशीलाई जिल्ला प्रतिनिधि तय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
यसैगरी कनकाइमा जिल्ला सभापति देउकुमार थेवे र किरण भटराई, झापामा कमल भण्डारी, शिवसतासीमा जयनारायण शाह, कमलमा फूलवती राजवंशी, गौरादहमा ढुण्डि भण्डारी र चन्द्रा खड्का भटराई, दमकमा शेरबहादुर भटराई, गौरीगञ्जमा रेगिना भटराई प्रसाई र प्रकाश कार्कीलाई जिल्ला प्रतिनिधि तय गरेको बताइएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं प्रजातान्त्रिक/समाजवादी विचारधाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । उहाँको जन्म वि.सं. १९७१ भाद्र २४ गते भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाको राजनीतिक जीवन भारतमा चलिरहेको ‘भारतको स्वतन्त्रता आन्दोलन’बाट शुरु भएको थियो ।
वि.सं. १९८८ मा बनारसबाट उच्च माध्यमिक शिक्षा पूरा गर्नुभएका कोइरालाले बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको थियो । विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उहाँले लामो समयसम्म जेल–नेल र निर्वासनसम्मको कठोर यातना भोग्नुपरेको थियो । वि.सं २००३ मा उहाँले स्थापना गर्नुभएको नेपाली राष्ट्रिय कांग्रेस पार्टी पछि गएर नेपाली कांग्रेस बनेको हो ।
नेपाली साहित्यमा वी.पी. कोइरालाका नामले स्थापित उहाँका मनोवैज्ञानिक कथा, उपन्यास लगायतका थुप्रै कृति प्रकाशित छन् । मनोवैज्ञानिक साहित्यिक रचनामार्फत पनि उहाँले सामाजिक रुपान्तरण, मानव स्वतन्त्रता र परिवर्तनको पक्षमा सशक्त विचार प्रवाह गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसका संस्थापक नेता कोइरालाको ४१ औं स्मृति दिवसको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img