सुरुङ्गा २६ असार । ग्रामिण पत्रकारिताबाट समाज रुपान्तरणमा अग्रणी भूमिका खेलेको भन्दै रोटरी क्लब अफ सुरुङ्गाले यलम्वर टाइम्सका सम्पादक तथा अग्रज पत्रकार दिपीन राईलाई सम्मान गरेको छ ।
विगततीनदशकदेखि गाउँमै रहेर सामाजिक सेवासँगै ग्रामिणजनताको पीरमार्कामाकलमचलाएको भनी पुरस्कार छनौट समितिले पत्रकार राईको नाम सिफारिस गरेपछि सम्मान गरिएको हो ।
हेमकला÷टीका राम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित राईलाई नगद रु. १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छनौट समितिका सदस्य राम निरौलाले बताए ।
छनौट समितिमा क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी कुमार मणि पौडेल, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, र दाता परिवारको तर्फबाट राम निरौला रहेका छन् । कनकाई नगरपालिकाका प्रेस क्लव अध्यक्ष राम निरौलाले आफ्ना बुबा टीकाराम र आमा हेमकला निरौलाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
रोटरी क्लब र रोटर्याक क्लबको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमका अवसरमा गरिएको सम्मानमा पत्रकार राईको जीवनीबारे छनौट समिति तथा दाता परिवारका राम निरौलाले चर्चा गरेका थिए ।
रोटरी क्लबअफ सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक गर्भनर सन्तोष रिजाल रहेका थिए ।
प्रमुख अतिथि रिजालले क्लवका अध्यक्ष प्रसाईलाई सपथ ग्रहण गराएका थिएभने एजीनिकिता गिरीले पदाधिकारी तथा कार्यसमितिलाई सपथ ग्रहण गराएकी थिइन् । त्यस्तै रोट्रर्याक क्लब अफ सुरुङ्गाका अध्यक्ष रोशन झालाई क्षेत्रीय अध्यक्ष विवेक श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण पश्चात अध्यक्ष प्रसाईले आफ्नो आगामी योजना प्रस्तुत गरेका थिए । क्लवका उपाध्यक्ष शिवकुमार कँडेलले स्वागत गरेको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठले आफ्नो कार्यकालमा गरेका कार्य विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबकी सचिब मेनुका उप्रेती र सारिका गिरीले गरेकी थिए ।
पत्रकारिताबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै पत्रकार राईलाई सम्मान

































































































