Homeसमाचारआमा समूहको सक्रियतामा बिर्तामोडका होटलबाट यौनधन्दामा संलग्न पक्राउ

आमा समूहको सक्रियतामा बिर्तामोडका होटलबाट यौनधन्दामा संलग्न पक्राउ

बिर्तामोड २५ असार । झापाको बिर्तामोडबाट यौनधन्दामा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय टोल समिति, टोल समितिमा आवद्ध आमा समूहको सक्रियतामा प्रहरीले यौनधन्दामा संलग्न रहेको आरोपमा बिभिन्न स्थानबाट नौजनालाई नियन्त्रणमा लिएको हो ।
यौनधन्दा चलाएको आरोपमा बिर्तामोड–४ स्थित अन्धुवा खोला पुलको पश्चिमतर्फ रहेको एभरेष्ट होटलमा वडाध्यक्ष राहुल शर्माको रोहवरमा स्थानीयले ताला समेत लगाएका छन् ।
टोलमा विकृति बढेर बढ्नुका साथै यौनधन्दामा संलग्नको अस्वाभाविक क्रियाकलाप र लवजका कारण सो क्षेत्रमा बाटो हिड्न पनि नसकिने अवस्था आएको भन्दै स्थानीयले विकृतीलाई रोक्न प्रहरीलाई आग्रह गरेका थिए ।
सो होटल आसपासका केही घरमा समेत यौनधन्दा सञ्चालनमा रहेको आशंकामा स्थानीय र प्रहरीले छापा मारेको थियो । सो क्रममा यौनसम्पर्कका लागि प्रयोग गरिने अस्थायी साधन, एचआएभी एड्सका संक्रमितले प्रयोग गर्ने औषधी तथा अन्य विभिन्न सामग्री समेत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका निमित्त प्रमुख होमनाथ दाहालले जानकारी दिए ।


उक्त ठाउँमा विगत लामो समयदेखि यौनधन्दा हुँदै आएको बारे प्रहरीलाई जानकारी दिएपनि बेवास्ता गरेको भन्दै शनिबार विहान प्रहरी र वडाध्यक्षलाई साक्षी राखेर यौनकर्मी नियन्त्रणमा लिन स्थानीय महिला आफैं सक्रिय भएका हुन् ।
सूर्योदय टोल विकास संस्था र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको संयोजनमा टोलका समस्याबारे छलफल गर्न आयोजित भेलामा उपस्थित महिलासहित अधिकांश स्थानीयले टोलमा यौन धन्दा हुने गरेको उल्लेख गर्दै सबैभन्दा पहिले उक्त धन्दा नियन्त्रणका लागि प्रहरी प्रशासनलाई आग्रह गरेका थिए ।
स्थानीय अनिता पुरीले भनिन्–‘यो बाटो हिडिसक्नु हुँदैन, भित्री बस्त्र माथि आउटर मात्र लगाएको हुन्छ, बाहिर निस्कन लाजमर्दो ।’
त्यसो त तालाबन्दी गरिएको एभरेष्ट होटलको मुनिबाट ३ जना युवती र युवकलाई बिहान साढे आठ बजेतिर भित्री बस्त्रमा मात्रै भेटेपनि लाज छोप्ने कपडा लगाएर बाहिर निकालेको शुशिला ढकालले बताएन । उनले भनिन्–‘भित्र पस्दा नाङ्गै थिए, त्यत्तिकै बाहिर निकालौं आफैंलाई लाज लाग्ने, हतार हतार बाहिरी लुगा लाउन दिएर निकालेको ।’
यौनधन्दाका विषयमा एभरेष्ट होटल सञ्चालक प्रेम तिम्सिनाले भने आफूले मान्छे नराखेको दावी गरेका थिए । होटल सञ्चालक तिम्सिनाले आफूले अवैध तरिकाले धन्दा चलाएको प्रमाणित भए कारवाही भोग्न तयार रहेको दावी गरेपछि आक्रोशित महिलाहरुले उक्त होटल भित्र प्रवेश गरी अर्धनग्न अवस्थामा युवा युवती समातेर प्रहरीलाई जिम्मा लगाएको सूर्योदय टोल विकास संस्थाका अध्यक्ष सञ्जीव चापागाँईले बताए ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालले समाजमा फैलिएको गलत धन्दा नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनले अझ सक्रियता पूर्वक लाग्न आग्रह गर्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआमा समूहको सक्रियतामा बिर्तामोडका होटलबाट यौनधन्दामा संलग्न पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img