HomeFeatured 2२ करोड लगानीमा ओलीज स्टोर्स

२ करोड लगानीमा ओलीज स्टोर्स

बिर्तामोड २२ असार । एप्पल कम्पनीका उत्पादनहरुको आधिकारिक विक्रेता ओलीज स्टोर्सको अर्जुनधारा–६ मा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
विगत १२ वर्षदेखि एप्पल कम्पनीको आधिकारिक विक्रेताका रुपमा काठमाडौंमा शाखा स्थापना गरेका झापा अर्जुनधारा निवासी चेतन ओली र लोकेस ओलीले तेस्रो शाखाको रुपमा ओलीज स्टोर्स सञ्चालनमा ल्याएका हुन् ।
‘आफ्नै जन्मथलोमा केही गरौं भन्ने सोचका साथ यो स्टोर्स सञ्चालनमा ल्याएका हौं’–निर्देशक लोकेश ओलीले भने–‘एप्पलको आधिकारिक वारेन्टी र भ्याट विलका साथ सबै उत्पादनहरु यहाँ पाइन्छ ।’ महानन्द चोक उत्तरमा स्थापित स्टोर्सको उद्घाटन अर्जुनधाराका नगर प्रमुख बलदेव गोम्देनले गरेका थिए ।
उद्घाटन पछि बोल्दै उनले व्यापारिक सफलताको कामना गरे । झापाको अर्जुनधारा नगरपालिकामा जन्मि हुर्किएका ओली दाजुभाईले २ करोड बढीको लगानीमा उक्त स्टोर्स सञ्चालनमा ल्याएको अध्यक्ष चेतन ओलीले बताए ।
उक्त स्टोर्समा एप्पलका सबै उत्पादनसहित ड्रोन क्यामेरा, गिम्बर, माइक्रोफोन, म्युजिक सिष्टमका लागि होम थिएटरका सम्पूर्ण सामग्री, साउण्ड सिष्टम, हेडफोन, प्रोजेक्टर, एस्क्लुसिभ ग्याजेट लगायतका सामग्री पाइने लोकेश ओलीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2२ करोड लगानीमा ओलीज स्टोर्स
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img